राप्तीसोनारीस्थित दुर्गा मन्दिरमा अज्ञात समुहद्वारा तोडफोड

सदरलाइन संवाददाता २८ माघ २०८०, आईतवार १४:२८
 

नेपालगञ्ज : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ मा रहेको दुर्गा मन्दिरमा अज्ञात समुहले तोडफोड गरेको छ । वडा नम्बर ७ स्थित लालपुरमा रहेको उक्त मन्दिरमा तोडफोड भएको हो ।


अज्ञात समुहले मुर्तीका साथै पुजा सामग्री तोडफोड गरेर दुर्गाको ‘नथिया’ समेत लिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । मन्दिर भित्र आगजनी समेत गरेको स्थानीयको भनाई छ । घटनाको सत्य तथ्य अनुसन्धान गरेर दोषी माथि कारबाही गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइँदैै

२८ माघ २०८०, आईतवार १४:२८
नेपालगञ्ज : नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको सौन्दर्यकरणसँगै छानामा ताम्रपत्र लगाइने भएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउनेदेखि मन्दिरको समग्र सौन्दर्यकरणको काम शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए । “बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र मिल्ने र टिकाउ पनि हुने भएकाले छानामा […]