सरकारबाट नीजि क्षेत्र उत्साहित : भवानी राणा

१३ चैत्र २०७४, मंगलवार १६:३५
 

सदरलाइनडटकम
१३ चैत, नेपालगन्ज  : नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नया“ सरकारको आर्थिक विकासको लक्ष्यबाट नीजि क्षेत्र उत्साहित भएको बताएकी छन् ।
आर्थिक विकासको सरकारी लक्ष्यबाट नीजि क्षेत्र उत्साहित भएको र त्यसलाई सफल बनाउन सरकारसंग हातेमालो गर्ने अध्यक्ष राणाले प्रतिबद्धता जनाएकी छन् ।
नेपालगन्जमा मंगलबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै अध्यक्ष राणाले बलियो सरकार भएकाले पनि आर्थिक विकास हुनेमा नीजि क्षेत्र बिश्वस्त भएको बताईन । ‘आर्थिक विकासको एजेण्डा लिएको सरकार बनेको छ । साथै बलियो सरकार पनि भएकाले हामी निकै उत्साहित भएका छौं । आगामी दिनका लागि शुभ संकेतहरु देखापरेको महुसस भएको छ’– अध्यक्ष राणाले भनिन् ।
उनले देश संघीय संरचनामा गइसकेकाले अबको विकासका मुद्दा पनि बिकेन्द्रित भएको बताउदै भनिन्,–‘अब प्रदेश प्रदेशबीच आर्थिक बिकासका लागि तिब्र प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ । यसले पक्कै पनि फाईदा नै पु¥याउछ ।’ तर संघीयता कार्यान्वयनका क्रमा आर्थिक क्षेत्रसंग जोडिएका धेरै बिषयहरु सल्टाउन बांकी रहेको उनको तर्क छ । कर, आर्थिक जस्ता नीजिहरु कसरी आउने हुन भन्ने चासो नीजि क्षेत्रको रहेको राणाको कथन छ ।
बिभिन्न तहका सरकार बनेको र अबको कर प्रणाली कसरी अघि बढ्छ भन्ने आफुहरुको चासो रहेको राणाले बताइन । उनले तहका सरकारपिच्छे नै कर तिर्न नसकिने भएकाले त्यस्तो व्यवस्था गर्न नहुने तर्क गरिन । उनले ५ नम्बर प्रदेश देशकै आर्थिक राजधानीका रुपमा बिकास हुने पनि बताइन ।

Next Post

खजुरा गाउँपालिकाका अध्यक्षको टोलीले विद्यालय अनुगमनमा तीब्रता दिदै

१३ चैत्र २०७४, मंगलवार १६:३५
सदरलाइनडटकम १३ चैत, नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले आफ्ना मातहतका विद्यालयमा अनुुगमनलाई तीव्र बनाएको छ । मावि तहसम्मका विद्यालय स्थानीय तहले नै हेर्ने भएपछि शिक्षाको गुणस्तर बढाउन, विद्यालयका समस्या बुझ्न र त्यसको समाधानका उपाय खोज्न अनुगमनलाई तीव्रता दिइएको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिलले जानकारी दिए । खजुरा गाउँपालिका शिक्षा समिति […]