चन्द्रवहादुरको हत्याको आरोप लागेका अनिल राप्तीसोनारीबाट पक्राउ

सदरलाइन संवाददाता २९ आश्विन २०८१, मंगलवार १८:१२
 

कोहलपुर (बाँके) :  बाँकेको कोहलपुरका चन्द्रवहादुर कामीको टाउको छिनाएर फरार आरोपित अनिल परियारलाई बाँकेको राप्तीसोनारीबाट प्रहरीले पक्राउ गरेको छ । बडादसैँको राति अनिलले कामीको टाउको छिनाएर सेफ्टीट्याङकिमा लुकाएर बेपत्ता भएका थिए ।

प्रहरीले रोल्पा जिल्ला माडी गाउपालिका वडा नं ६ बस्ने २४ वर्षीय अनिललाई चन्द्बहादुरको हत्या अभियोगमा पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार परियारलाई राप्तीसोनारी गाउँपालिका–१ भौवा नाकाको तिनघारी टोल दाँयातर्फ रहेको तिर्थमाली परियारको घर किनारमा रहेको शौचालयबाट मंगलबार बिहान ८ बजे पक्राउ गरिएको हो ।


इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा खटिईएको प्रहरी टोली र इप्रका कुसुम बाँकेबाट प्रहरी नायब निरीक्षक मोहनलाल वलीको कमाण्डमा खटिईएको प्रहरी टोलीले परियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मृतक कामीको टाउको घटनास्थलबाट करिव ५सयमिटर पूर्वउत्तरमा अनिलको दिदी नाता पर्ने सुनिता परियारको घरको सेफ्टीट्याङकिमा सोमबार बिहानमात्रै फेला परेको थियो ।

अनिल पाहुना पर्न सुनितामा आएको बताइएको छ । हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिव दुई किलोमिटर पूर्व शितलनगरमा हत्या गरिएको अवस्थामा शनिबार राति कामिको टाउको नभएको शव फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मतदाताहरूको उत्साह : योग्य उम्मेदवार चयनको प्रतिबद्धता

२९ आश्विन २०८१, मंगलवार १८:१२
कोहलपुर (बाँके) : कोहलपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक ३ गते हुन गई रहेको निर्वाचनले स्थानीय व्यवसायीहरूको ध्यान खिंचिरहेको छ । संघमा आउने नेतृत्वले कोहलपुरको व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले यस पटकको निर्वाचनमा उम्मेदवारहरू भन्दा बढी मतदाता उत्साहित देखिएका हुन् । चुनावी प्रक्रियामा सहभागिता जनाउन […]