आजदेखि कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन

९ चैत्र २०७४, शुक्रबार ०८:४१
 

सदरलाइनडटकम
९ चैत, नेपालगन्ज : नेपालगन्जमा शुक्रबार (आज) देखि शुरु हुने कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनमा भाग लिन सम्मेलनमा सहभागि हुने कानुन व्यवसायीहरु नेपालगन्जमा आईपुगेका छन् । सम्मेलनका बिशिष्ट अतिथी कायममुकायम प्रधानन्यायाधिश दिपकराज जोशी बिहीबार नै नेपालगन्ज आइपुगेका छन् ।
राष्ट्रपति बिद्यादेवी भण्डारी शुक्रबार (आज) मात्र आउने भएकी छन् । चैत ९ गतेदेखि ११ गतेसम्म नेपालगन्जमा १४ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको राष्ट्रपति बिद्यादेवी भण्डारीले बिहान दश बजेपछि उद्घाटन गर्ने भएकी छन् । सम्मेलनमा सहभागि हुन देशभरका कानुन व्यवसायी नेपालगन्ज आइपुगेको नेपाल बारका केन्द्रिय उपाध्यक्ष सालिकराम सापकोटाले बताए ।
उनका अनुसार, उक्त सम्मेलनमा संविधानका आधारभुत सिद्धान्त, मौलिक हको कार्यान्वयन, संघीयताको कार्यान्वयन र कानुन निर्माणका पक्ष लगायतका गम्भीर सवालमा गहन छलफल र बहस हुनेछ ।
‘संघीयता कार्यान्वयनको चरणमा रहेका बेला हुन लागेको यस सम्मेलनले बिशेष महतव राख्दछ’– सापकोटाले भने,–‘न्याय क्षेत्रमा सम्मेलनले केही परिवर्तन गरोस् भन्ने अपेक्षा गरेका छौं ।’ न्यायपालिकाका साथ साथै बार आफ्नै बिषयमा पनि बृहद छलफल हुने तयारी भइरहेको छ । स्वतन्त्र न्यायपालिका, कानुन व्यवसायीलाई व्यवसायिक बनाउने बिषयमा गहन छलफल हुनेछ ।

Next Post

बैशाख भित्र गमगढीमा सिसिटिभी : छाँयानाथ रारा नगरपालिका

९ चैत्र २०७४, शुक्रबार ०८:४१
सदरलाइनडटकम  ९ चैत,  मुगु  : आगामी नयाँ वर्षसम्म सदरमुकाम गमगढीलाई क्षेत्रलाई प्रविधिमैत्री बनाउदै सिसिटिभि जडान गरी सञ्चालनमा ल्याउने छाँयानाथ रारा नगरपालिककाले निर्णय गरेको छ । बैशाख १ बाट सदरमुकाम क्षेत्रमा सो प्रबिधि संचालनमा ल्याउने तयारी नगरपालिकाले गरेको हो । नगर प्रमुख हरि जङ्ग शाहीको अध्यक्षतामा गत चैत ८ गते नगरपालिकामा […]