जय बागेश्वरी माध्यामिक विद्यालयको ३८औं वार्षिक उत्सव मनाईयो

५ चैत्र २०७४, सोमबार २०:०८
 

सदरलाइनडटकम   
५ चैत, नेपालगन्ज : बाँकेको नेपालगन्जमा सञ्चालनमा रहेको ‘क’ श्रेणीको विद्यालय जय बागेश्वरी माध्यामिक विद्यालय नेपालगन्जले सोमबार आफ्नो ३८औं वार्षिक उत्सव तथा पुरस्कार बितरण कार्यक्रम गरी मनाएको छ ।
विद्यालयकी संस्थापक अध्यक्ष प्रशन्ना राजभण्डारीको सभापतित्वमा र नेपालगन्ज उप–महानगरका मेयर डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सदाको वर्ष झै दुई दिन मनाईएको थियो ।
कार्यक्रमको पहिलो दिन विद्यार्थीहरुसँग सांस्कृतिक कार्यक्रमहरु नृत्य, गीत, नाटक, ¥याम्स, स्पीच आदि प्रस्तुत गरिएको थियो भने दोस्रो दिन अभिभावकहरु, विद्यार्थीहरु र बिशिष्ठ व्यक्तित्वहरुको उपस्थिितिमा विभिन्न गतिविधिमा प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने करिब २ सय विद्यार्थीहरु, उच्च हाजिरीमा ७ जना, एक जना उत्कृष्ठ अनुशासित विद्यार्थी लगायतलाई प्रमाणपत्र, मेडल र टोकन पुरस्कार वितरण गरिएको थियो ।


यस्तै, ८ जना बिशिष्ठ व्यक्तिहरुलाई स्कुलले दोसल्ला, प्रमाणपत्र र मायाको चिनोसहित सम्मान गरेको जयबागेश्वरी माविका संस्थापक प्रिन्सिपल बिद्यामान राजभण्डारीले जानकारी दिए । सम्मानित हुनेहरुमा नेपालगन्जका मेयर डा. धवल शम्शेर राणा, जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउद, हिन्दू धर्मगुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जुरी, शिक्षक महासंघका अध्यक्ष बाबुतरुण गौतम, नगर शिक्षा अधिकारी ईश्वर पौडेल, वडानं.२ का वडा अध्यक्ष सुनिल सिंह हमाल र अडिटर कृष्ण नन्दन पान्डे रहेका छन् ।
विद्यालयका संस्थापक प्रिन्सिपल बिद्यामान राजभणडारीले विद्यालयको प्रगति बिवरण प्रस्तुत गर्दै यो वर्षमा बिद्यालय जिल्ला शिक्षा कार्यलयले आयोजना गरेको कार्यक्रम प्रतिभा पहिचानमा जिल्ला, क्षेत्र हुदै राष्ट्रियस्तरमा गणित र बिज्ञान विषयमा उत्कृष्ट नतिजा ल्याएको ,रियल स्कूल अफ नेपालमा क्षेत्र टप हुदै नेपाल टप गरेको र अन्य बिभिन्न स्थानीय तथा क्षेत्रीय कार्यक्रमहरुमा प्रथम सगै उत्कृष्ट स्थान ल्याएको बताउदै आगामि दिनहरुमा पनि विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुठित गर्नकालागि सैद्धान्तिक शिक्षा मात्र नभई प्रयोगात्मक र अतिरिक्त क्रियाकलापमा विशेष जोडदिने बताए ।



सो अवसरमा अभिभावकलाई महिला र पुरुषको छुट्टाछुट्टै खेल खेलाई प्रथम, द्वितिय र तृतीय हुने महिला पुरुष जम्मा ६ जनालाई पुरस्कृत गरिएको कार्यक्रमलाई समापन गदै सभापति प्रशन्ना राजभण्डारीले गुणस्तरीयता र अनुशासन नै विद्यालयको विशेषता रहेको बताईन ।

Next Post

आरती पौडेलसहित तीन मन्त्रीले सपथ लिए

५ चैत्र २०७४, सोमबार २०:०८
सदरलाइनडटकम   ५ चैत, नेपालगन्ज : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद विस्तार गरी ६ सदस्यीय पु¥याएका छन् । बाँकेकी प्रदेश सभाषद आरती पौडेलसहित सोमबार ३ जना मन्त्री थपिएका हुन् । आइतबार सुदर्शन बरालले सामाजिक विकास मन्त्रालय, लिला गिरीले उद्योग, पर्यटन, वन तथा वातावरण र आरती पौडेलले भूमि व्यवस्था एवं […]