सहयोगको याचना गर्दै क्यान्सर पीडित गंगा गुरुङ

सदरलाइन संवाददाता ५ जेष्ठ २०८०, शुक्रबार १२:४०
 

नेपालगञ्ज : क्यान्सर पीडित गंगा गुरुङले सहयोगको याचना गरेकी छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मा डेरा गरेर बस्ने ४३ गंगा पेटको क्यान्सरबाट पीडित छिन् । उपचारका लागि आर्थिक अभाव हुँदा उनको परिवारले सहयोगको याचना गरेको हो ।

विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा विगत एक वर्षदेखि उपचार गराउँदै आएकी गंगालाई आर्थिक अभाव भएपछि सबै सहयोगी दातालाई आग्रह गरिएको छ । गंगाका पति सामान्य मजदूरी गर्छन् । सरकारले दिने रकम खर्च भइसकेको र आफुहरुसँग पनि थप उपचारका लागि रकम नहुँदा समस्या भइरहेको गंगाका पति मनु गुरुङ दुखेसो पोखे ।


आफ्नो ज्यालादारी कामले बालबालिकालाई लालन पालन गर्न समस्या भइरहेको बेलामा श्रीमतीलाई बचाउन चुनौती भइरहेको उनले बताए । ऋण, सापटी र सहयोगी दाताबाट संकलन भएको करिव १८ लाख रकम उपचारमा खर्च भइसकेको छ । गंगाका श्रीमान एक वर्षदेखी श्रीमतीको उपचारमा खटिँदा त्यही ज्यालादारी काम पनि राम्रोसँग गर्न पाएका छैनन् ।

डाक्टरले यही जेठ ७ गते पुनः अपरेसन गर्नुपर्ने र त्यसका लागि आफुहरुसँग पैसा नभएकाले सबैलाई सहयोग गर्न आव्हान गरिएको परिवारले जनाएको छ । क्यान्सर पीडित गंगालाई सहयोग गर्न चाहनेले प्रभु बैंकको खाता नम्बर ००५००३८२०१४०००१२ मा गंगा गुरुङकै नाममा खोलिएको खातामा रकम जम्मा गरी सहयोग गर्न परिवारले अनुरोध गरेको छ । यस्तै गंगालाई सम्पर्क गर्न चाहनेले ९७६५५१६००० र ९८४८२२२९०८ मा फोन गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्युत अवरुद्ध हुन थालेपछि खजुरामा आन्दोलनको तयारी

५ जेष्ठ २०८०, शुक्रबार १२:४०
खजुरा (बाँके) : गर्मीयाम सुरुभएसँगै बाँकेको खजुरा क्षेत्रमा लगातार विद्युत अवरुद्ध गरिएको भन्दै स्थानीयले विद्युत प्र्रधिकरण विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिना सूचना घण्टौंसम्म विद्युतको सप्लाई बन्द गरिने र चालु रहँदा पनि पटक पटक आउने जाने गरेको भन्दै स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । खजुरा क्षेत्रको अगुवा […]