बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण गरिँदै

सदरलाइन संवाददाता १० माघ २०८०, बुधबार १५:२९
 

नेपालगञ्ज : बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य शुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्टले बुधबार एक कार्यक्रमका बीच पार्क सौन्दर्यकरण कार्यको शिलान्यास गरेका छन् ।

बागेश्वरी काल भैरव कन्स्ट्रक्शनले ३० लाख बजेटमा पार्कको वरिपरि पर्खाल निर्माण, माटो पटान, ग्राभेल लगायतका काम गर्ने गरी सम्झौता भएको नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर प्रमोदकुमार हरिजनले बताए । असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ ।


नेपालगञ्ज उपमहानगरपालिकाले त्यस क्षेत्रमा रहेका अस्थायी ब्यापारिक सटरहरु डोजर लगाएर भत्काएको थियो । बालबालिकाका लागि खेल्ने र रमाउने सुन्दर ठाउँका रुपमा त्यस क्षेत्रलाई विकास गर्न चिल्ड्रेन पार्क बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिकाले काम थालेको छ । केही भागलाई पार्किङ स्थलका रुपमा पनि छुट्ट्याउने योजना छ ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख विष्टले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । त्यस अवसरमा उपप्रमुख कमरुद्दिन राई, पूर्वाधार विकास समिति संयोजक बसन्तकुमार कनोजिया, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा रनिङशिल्डको उपाधि ज्ञानोदयको हातमा

१० माघ २०८०, बुधबार १५:२९
खजुरा (बाँके) : राष्ट्रपति कप रनिङ शिल्ड अन्तर्गत खजुरा गाउँपालिका स्तरिय मेयर रनिङशिल्ड प्रतियोगिताको उपाधि ज्ञानोदय माबी खजुराले हात पारेको छ । सर्वाधिक ९ स्वर्ण, ८ रजत र ४ कास्य पदक जितेर ज्ञानोदय उच्च माबीले मेयर कप रनिङशिल्ड हात पारेको हो । त्यसैगरि ६ स्वर्ण, ९ रजत र ९ कास्य […]