आरती पौडेलसहित तीन मन्त्रीले सपथ लिए

५ चैत्र २०७४, सोमबार २०:२८
 

सदरलाइनडटकम  
५ चैत, नेपालगन्ज : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद विस्तार गरी ६ सदस्यीय पु¥याएका छन् । बाँकेकी प्रदेश सभाषद आरती पौडेलसहित सोमबार ३ जना मन्त्री थपिएका हुन् ।
आइतबार सुदर्शन बरालले सामाजिक विकास मन्त्रालय, लिला गिरीले उद्योग, पर्यटन, वन तथा वातावरण र आरती पौडेलले भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथ लिएका छन् ।
थपिएका मध्ये बराल नेकपा माओवादी केन्द्रका हुन् भने गिरी र पौडेल नेकपा एमालेका हुन् । बराल गुल्मी १ क बाट, गिरी रुपन्देही २ क बाट र पौडेल बाँके १ ख बाट निर्वाचित भएका हुन् । फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले सोही दिन नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी र एमाले बैजनाथ चौधरीलाई समावेश गरी ३ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।


को हुन आरती पौडेल ?

२०२७ साल कात्र्तिक, मैनापोखर बर्दियामा जन्मिएकी आरती पौडेलले २०४१ सालदेखि त्रिभुवन उच्च माध्यामिक बिद्यालय कोहलपुरमा अनेरास्ववियुको संगठित भई बामपन्थी आन्दोलनमा प्रवेश गरेकी हुन । त्यसपछि सामाजिक, शैक्षिक सेवाका साथै नेकपा एमालेको राजनीतिमा उनी निरन्तर सक्रिय रहिन ।
उनी अनेमसंघको क्षेत्रदेखि प्रदेशसम्मको बिभिन्न पदमा रही काम गरिन । उनी लद्यु बित्त तथा शिक्षा क्षेत्रमा समेत आवद्ध भई यसको विकासमा लाग्दै आएकी छन् । कोहलपुर क्षेत्रको शैक्षिक बिकासमा उनको महत्वपुर्ण भुमिका रहेको छ । उनी प्देश सभामा प्रत्यक्ष चुनाव जित्ने नेकपा एमालेको तर्फबाट एक मात्र महिला हुन ।

Next Post

विद्युत चुहावट गर्न प्रयोग गरिएका ११ थान मिटर नियन्त्रणमा

५ चैत्र २०७४, सोमबार २०:२८
सदरलाइनडटकम  ६ चैत, नेपालगन्ज : नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रणका लागि कडाई अपनाएको छ । मंगलबार अपराह्नमात्रै वितरण केन्द्रबाट खटी गएको टोलीले कोहलपुर नगरपालिका अन्तरगतको वडा नं.१२ को खडगवार टोलबाट विद्युत चुहावट गर्दै गरेका ११ थान मिटर कार्यवाहीका लागि नियन्त्रणमा लिएको छ । मिटर बाइपास गरेर […]