नेपाली सेनाले भित्र्यायो नयाँ विमान

१६ कार्तिक २०७६, शनिबार १३:३१
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो ।
विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालीमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरीद गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । जम्मा ५१ यात्रु सिट क्षमताको उक्त विमानले प्यारा तालीममा रहेका ३५ सैनिकलाई एकैपटक बोक्न सक्छ । कासा विमान कम्पनीबाट उत्पादित सो विमानले पहिलो उडान सन् १९८३ नोभेम्बर ११ मा गरेको थियो ।
उक्त कम्पनीका विमान सबैभन्दा धेरै प्रयोग टर्की फ्रान्स, मलेसियालगायत मुलुकले गर्दै आएका छन् । कल साइन सिएन २३५–२०० विमान नेपाली सेनाले तीन करोड अमेरिकी डलरमा खरीद गरेको हो । यो विमानसहित नेपाली सेनासँग अब विमान र हेलिकप्टरको संख्या गरी २० पुगेको छ ।
सेनाले अहिले विशिष्ठ व्यक्तिका लागि तीन हेलिकप्टर, मध्यबेसमा हेलिकप्टर र जहाज गरी १४ तथा पश्चिम बेसमा दुई हवाई साधन परिचानको व्यवस्था गरेको छ । सेनाका लागि अमेरिकाबाट सहयोगस्वरुप प्राप्त हुने चारमध्ये दुई वटा ‘स्काइ ट्रक’ आगामी डिसेम्बर महिनामा आउने छन् ।
यसैगरी अर्को वर्ष एक थान जहाज आउनेछ भने सन् २०२१ मा एयर एम्बुलेन्स अमेरिकाबाट प्राप्त हुने नेपाली सेनाले जनाएको छ । मुलुकको आन्तरिक उडानका लागि अहिले १० हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । नेपालबाट तीन स्वदेशीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

Next Post

नेटवर्किङ व्यापारमार्फत ठगी गर्ने चार पक्राउ

१६ कार्तिक २०७६, शनिबार १३:३१
सदरलाइनडटकम, बर्दिया : नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा चार जनालाई बर्दियाबाट पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले शनिवार सार्वजनिक गरेको हो । ओरेञ्ज ग्लोबल मार्केटिङ प्रालि नामक बहुर्राष्ट्रिय कम्पनीमार्फत नेटवर्किङको नाममा ठगी गरेको आरोपमा जिल्लको गुलरिया नगरपालिका–४ बस्ने विवक थारु, सोही नपाको वडा […]

ताजा अपडेट