नेपालगञ्जमा शाही डेण्टल क्लिनिकको उद्घाटन

सदरलाइन संवाददाता २६ जेष्ठ २०७९, बिहीबार १३:३२
 

नेपालगञ्ज : नेपालगञ्जमा शाही डेन्टल क्लिनिक खुलेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ सुर्खेतरोडमा एसआइवी बैंकको पूर्वपट्टी शाही डेन्टल क्लिनिक खुलेको हो ।

क्लिनिकको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै विष्टले विरामीलाई सर्वसुलभ र गुणस्तरीय सेवा दिन आग्रह गरे ।


क्लिनिककी प्रबन्ध निर्देशक करिष्मा शाहीले दाँत र मुख सम्बन्धि समस्या भएका विरामीलाई लक्षित गरेर क्लिनिक सञ्चालनमा ल्याएको बताइन् । क्लिनिक उद्घाटनको अवसरमा दाँत तथा मुखको निःशुल्क जाँच, निःशुल्क एक्स–रे तथा निःशूल्क दाँत निकाल्ने सेवा प्रदान गरिने शाहीले बताइन् । यो महिनाभरी प्रत्येक उपचारमा ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको उनले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु

२६ जेष्ठ २०७९, बिहीबार १३:३२
नेपालगञ्ज : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही–रामपुर सडकखण्डमा रा४प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही–२ का २७ वर्षीय गोविन्द रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भएर घरको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो ।