प्रहरीको आँखामा खुर्सानी फालेर भागेपछि …

२ चैत्र २०७४, शुक्रबार १९:१९
 

सदरलाइनडटकम 
२ चैत, नेपालगन्ज  : चोरहरु प्रहरीको आँखा छलेर भाग्ने गरेको घटना प्रशस्त छन्, सौचालयबाट पनि फरार भएका घटना पनि छन् । तर कैदीबन्दीले नै प्रहरीको आखाँमा खुर्सानीको धुलो हालेर भाग्न खोजेपछि नेपालगन्जमा यो खबर भाइरल भएको छ ।
शुक्रबार बाँकेको नेपालगन्जमा एकजना कैदीबन्दीले प्रहरीको आँखामा खुर्सानीले धुलो फालेर भाग्ने प्रयास गरेका छन् । तर धेरै प्रहरीले निगरानी गरिरहेका कारण उनको उक्त योजना भने सफल हुन सकेन । जवरजस्ती करणी मुद्दामा जिल्ला कारगार बाँकेमा विगत एक बर्षदेखि सजाय काटिरहेका २६ बर्षीय बसिर साईले प्रहरीको आँखामा खुर्सानीको धुलो फालेर भाग्ने प्रयास गरेका हुन् ।
शुक्रबार बिहान हर्नियाको उपचारका लागि भेरी अन्चल अस्पतालमा लगिएका साईले प्रहरी जवान शिव भुसालको आँखामा खुर्सानीको धुलो फालेर भाग्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए ।
‘बिहान १० बजेतिर अस्पताल लगिएका साईले सौचालय जान्छु भनेको र सौचालयबाट फर्किने वित्तिकै ढोकामा उम्भिएका प्रहरी जवान भुसालको आँखामा खुर्सानी फालेर भागेका थिए’ जवान भुसाललाई उद्दृत गर्दै एसपी तामाङले भने ।
जवानलाई खुर्सानीको धुलो फालेर भागेपनि अस्पताल परिसरमा सुरक्षा निगरानी कडा भएका कारण उनको योजना प्रहरीले विफल पा¥यो । भागे लगत्तै साईलाई प्रहरी र अस्पतालमा रहेका मानिसहरुले अस्पताल परिसरबाटै पक्राउ गरेको बताइएको छ ।
आँखामा खुर्सानी लागेर घाइते भएका प्रहरी जवान भुसालको आँखा अस्पतालमा उपचार गरिएको छ । जानकी गाउँपालिका गनापुरका साईले २०७३ फागुन १४ गतेदेखि १० बर्ष कारागार सजाय काटिरहेका छन् ।

Next Post

गोल्ड कप स्थगित

२ चैत्र २०७४, शुक्रबार १९:१९
सदरलाइनडटकम २ चैत, नेपालगन्ज :जिल्ला फुटवल संघ बाँकेको आयोजनामा हरेक वर्ष हु“दै आएको ‘दुर्वोग तेस्रो नेपालगन्ज गोल्ड कप’ निर्धारित समयमा नहुने भएको छ । आयोजकले चैत २ गतेदेखि १० गतेसम्म नेपालगन्ज रंगशालामा नेपालगन्ज गोल्ड कप आयोजना गर्ने तयारी गरेको भए पनि असहज वातावरण तथा प्राविधिक कारणले प्रतियोगिता हुन नसकेको अध्यक्ष […]

सम्बन्धित