गोल्ड कप स्थगित

२ चैत्र २०७४, शुक्रबार १९:३७
 

सदरलाइनडटकम
२ चैत, नेपालगन्ज :जिल्ला फुटवल संघ बाँकेको आयोजनामा हरेक वर्ष हु“दै आएको ‘दुर्वोग तेस्रो नेपालगन्ज गोल्ड कप’ निर्धारित समयमा नहुने भएको छ । आयोजकले चैत २ गतेदेखि १० गतेसम्म नेपालगन्ज रंगशालामा नेपालगन्ज गोल्ड कप आयोजना गर्ने तयारी गरेको भए पनि असहज वातावरण तथा प्राविधिक कारणले प्रतियोगिता हुन नसकेको अध्यक्ष भोजराज शाहीले जानकारी दिएका छन् ।
शुक्रबार एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै अध्यक्ष शाहीले उक्त प्रतियोगिता आगामी बैशाख महिनामा गरिने जानकारी दिएका छन् । तर प्रतियोगिता नेपालगन्ज रंगशालामा हुन्छ की अन्य ठाउ“मा हुन्छ भन्ने खुलाइएको छैन ।
बिज्ञप्तीमै प्रतियोगिता बाँकेमै हुने उल्लेख छ । शाहीले जारी गरेको बिज्ञप्तीमा असहज वातारण र प्राविधिक कारणले प्रतियोगिता हुन नसकेको बताए पनि थप खुलाएका छैनन् । प्रतियोगिता आयोजना हुने निर्धारित समय आईपुग्दा प्रतियोगिता स्थगित भएको खुलाउदा आफुहरु दुःखी भएको बिज्ञप्तीमा उल्लेख छ ।

img590 (1)

Next Post

स्व. दिपेन्द्रको सम्झनामा फलफुल बितरण

२ चैत्र २०७४, शुक्रबार १९:३७
सदरलाइनडटकम  ३ चैत, नेपालगन्ज : गतवर्ष ‘ब्रेन हम्ब्रेज’ कारण दिवंगत भएका प्राविधिक पत्रकार स्वर्गीय दिपेन्द्र शाहको सम्झनामा शुक्रवार नेपालगन्जमा फलफुल वितरण गरीएको छ । प्राविधिक पत्रकार संघ नेपाल बाँकेले स्वर्गीय शाहको सम्झनामा नेपालगन्जको भेरी अन्चल अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको संघका अध्यक्ष नरेन्द्र सिँहले जानकारी दिए । नेपालगन्ज एफएममा कार्यरत […]