भूकम्पका घाइतेका लागि नेपालगञ्जमा रगत सङ्कलन

सदरलाइन संवाददाता १८ कार्तिक २०८०, शनिबार १४:३०
 

नेपालगञ्ज : जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि रगत सङ्कलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा हालसम्म ४३ जनाले रक्तदान गरेका छन् ।

बिरामीलाई रगतको अभाव हुन नदिनका लागि रगत सङ्कलन गरिएको रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए । घाइते बिरामीलाई शनिवार बिहान ३ बजेदेखि नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार शुरु गरिएको हो ।


प्रजिअ श्रवणकुमार पोखरेलका अनुसार २६ जनाको उपचार भइरहेको छ भने एक जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टिकट विक्रीको २५ प्रतिशत रकम भूकम्प पीडितलाई

१८ कार्तिक २०८०, शनिबार १४:३०
नेपालगञ्ज : गत बुधबारदेखि बाँकेको कोहलपुरमा सञ्चालन आएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ को शनिबार हुने खेलमा टिकट विक्रीबाट आउने रकमको २५ प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितलाई प्रदान गरिनेभएको छ । टिकट विक्रीबाट उठ्ने रकमको २५ प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितका लागि सहयोगस्वरुप प्रदान गरिने आयोजक कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष […]