कोरोना फैलिए पनि महोत्सव सञ्चालन गर्न दिनको लागि सत्तारुढ दलका नेताको प्रशासनलाई चर्को दवाव

२२ फाल्गुन २०७६, बिहीबार १६:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  कोरोना भाइरलको प्रकोप र जोखिमबाट बच्नको लागि नेपालगञ्जमा बुधबारदखि सुरु भएको दोस्रो नेपालगन्ज महोत्सवलाई बन्द गर्न स्थानीय प्रशासनले दिएको आदेशलाई सत्तारुढ दलकै नेताले प्रशासनलाई महोत्सव सञ्चालन गर्न दिनको लागि दवाव दिएका छन् ।

कोरोना भाइरलको प्रकोप र जोखिमबाट बच्नको लागि सजगता अपनाउदै सार्वजनिक हितको लागि पाँच नंम्बर प्रदेश सरकारले गत सोमबारदेखि पाँच नंम्बर प्रदेशका १२ वटै जिल्लामा मेला, महोत्सव, भेला प्रर्दशनी र भीडभाड गर्नमा कडा बन्देज लगाउँने निर्णय गरेको भए पनि बाँकेमा भने केही व्यक्तिको स्वार्थको लागि धेरैको जीउ ज्यान जोखिम पर्ने गरी मेला सञ्चालन गर्नलाई कुनै अवरोध नगर्न सत्तारुढ दलकै नेताबाट व्यापक दवाव आएको प्रशासन निकट स्रोतले जनायो ।

प्रदेस सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रवक्ताले सोमबार नै सो निर्णय सार्वजनिक गरी तद्अनुसारका प्रशासनलाई कार्यान्वयनका लागि सूचना गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय बाँकेले मेला महोत्सव स्थगित गर्न निर्देशन दिएको भएपनि प्रदेस सभा सदस्य समेत रहेका ती नेताले ‘जसरी पनि महोत्सव चल्न देउ नरोक’ भन्दै दवाव दिएकोे प्रशासन निकट स्रोतले बतायो ।

बाँके प्रशासनले बुधबार साँझ एक बिज्ञप्ती निकाली बाँकेमा भइरहेका मेला, महोत्सव, भेला र प्रर्दशनी रोन निर्देशन दिएको थियो । तर, उक्त निर्देशन यहाँका मेला र भेला तथा प्रर्दशनी सञ्चालकले अटेर गर्दै ‘सत्तारुढ दलको बलमा महामारी नै फैलिए पनि महोत्सव सञ्चालन गरेरै छाड्ने’ भन्दै बाँके प्रशासनले सरकारको निर्देशनलाई लत्याउदै महोत्सवको प्रचार प्रसारमा जुटेको छ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बुधबार प्रदेश सरकारका तर्फबाट लिखित पत्र आए तत्कालै यहाँ भइरहेका सबै महोत्सव रोक्न निर्देशनसहितको पत्राचार गरिएको बताए ।

भारतमा पनि कोरोना भारईरलको प्रकोप देखिएको र भारतसंग खुला सिमाना रहेको कारण बाँकेमा कोरोना भाइरलको प्रकोप र जोखिम उच्च रहेको भन्दै महामारीको रुप लिन नदिनको लागि प्रशासनलाई सहयोग गर्नुको साटो हज्जारौको ज्यान जोखिममा पार्दै महोत्सव आयोजकका तर्फबाट दवाव गर्ने ती नेताको समयमै बुद्धि फिर्न आवश्यक छ ।

बाँकेमा कोरोना भाईरसको कुनै पनि संक्रमित छैनन । विभिन्न स्थानमा स्वास्थ्य कर्मीसहितको टोलीले दैनिक चेकजाँच गर्दै आएको र अपनाउनु पर्ने सहजता अपनाईएको साथै आवश्यक तयारी पुरा गरिएको अवस्था रहेको जिल्ला दैवि प्रकोप व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

Next Post

राँझा विमानस्थलमा कोरोनाको परीक्षण शुरु

२२ फाल्गुन २०७६, बिहीबार १६:३४
सदरलाइनडटकम, नेपालगञ्ज : कोभिड १९ नामक कोरोना भाइरसका कारण नेपाल पनि उच्च जोखिममा परेपछि नेपालगञ्जस्थित राँझा विमानस्थलमा यात्रुहरुको परीक्षण शुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले विमानस्थलमा ओहोरदोहोर गर्ने यात्रुहरुलाई दृष्टिगत गर्दै बिहान ५ देखि बेलुका साढे ९ बजेसम्म बिहीवार हेल्थ डेस्क स्थापना गरी कोरोनाको परीक्षण थालिएको हो । कोरोना भाइरसबाट […]