सदरलाइनडटकम,
नेपालगञ्ज : भारतीय सीमावर्ती बजार रुपईडिहामा एक नेपाली आइतवार ५० लाख बराबरको स्म्याकसहित पक्राउ परेका छन् । नेपाल–भारत सीमा क्षेत्रको भारतीय भूमिमा तैनाथ रुपईडिहास्थित भारतीय पुलिस र शसस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले बिहान बाँके खजुरा गाउँपालिकाका वडा नंं. २ बस्ने रामबहादुर परियारलाई पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा प्रहरीले रुपईडिहास्थित रोडबेज बस पार्कमा जाँच गर्ने क्रममा परियारले मोटरसाईकलको हेडलाईटभित्र लुकाई राखेको ५० ग्राम स्म्याक बरामद गरेको छ । बरामद स्म्याकको अन्तर्राष्ट्रीय मूल्य करीब ५० लाख पर्ने भारतीय प्रहरीले जनाएको छ ।
भारतमा लोकसभाको चुनाव नजिकिएसँगै सीमा क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ । जाँचमा कडाई गरेसँगै एक साताभित्र भारतीय प्रहरीले करीब दुई करोड बराबरको स्म्याक पक्राउ गरेको जनाएको छ ।
