भारतबाट उद्दार गरी ल्याईएका दुई बालकलाई घर पठाईयो

१ चैत्र २०७४, बिहीबार १७:२०
 

सदरलाइनडटकम
१ चैत, नेपालगन्ज : भारतको लखनउबाट उद्दार गरि नेपालगन्ज ल्याईएका झापाका दुईजना बालक अवाश्यक प्रकृया पुरागरी बिहीबार उनीहरुको घर परिवारमा पुनःमिलनको लागि पठाईएको छ ।
नेपालगन्ज उप–महानगपालिकाका उप–मेयर उमा थापामगरको नेतृत्वमा भारतको लखनउ गएको प्रतिनिधि मण्डलले झापाको बुद्धशान्ति तीन गाउँपालिकाका १४ वर्षिय बालकुमार देवान र १२ वर्षिय किरण राईलाई चाईल्ड हेल्पलाईन लखनउबाट आवश्यक प्रकृया पुरा गरी नेपाल ल्याएको थियो ।
देवान र राईलाई भारतीय प्रहरीले लखनउको चारबाग बसपार्कबाट कानपुर जानलागेको बेलामा नियन्त्रणमा लिएर उनीहरुलाई चाईल्ड हेल्पलाईन लखनउको जिम्मा लगाएको थियो । चाईल्ड हेल्पलाईन लखनउको आग्रहमा नेपालगन्ज उप–महानगरका उप–मेयर थापामगरको नेतृत्वमा गएको टोलीले विभिन्न प्रकृया पुरा गरी नेपाल ल्याएको थियो ।
नेपालगन्ज उप–महानगरपालिकामा बिहीबार एक कार्यक्रमका बीचमा देवान र राईलाई उनीहरुको घर परिवारमा पुर्याउनको लागि उपमेयर थापामगरले समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) काठमाण्डौमा कार्यरत बालसंरक्षण अधिकृत भरत अधिकारी र ग्रामिण समाज उत्थान मञ्च नेपाल (रुसुफ) का सचिव सतिष पाठकको जिम्मा लगाएकी छन् । उनले ती दुबै बालकहरुलाई परिवारको जिम्मा लगाएर मात्र नेपालगन्ज फर्कन निर्देशन समेत दिएकी छन् ।
अधिकारी र पाठकले दुबै बालकको घरसम्म पुगेर उनीहरुको अभिभावकको जिम्मा लगाएर मात्र नेपालगन्ज फर्कने निर्देशन सहित बालकहरु जिम्मा लगाईएको नेपालगन्ज उप–महानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए ।
उनले दुबै बालकलाई झापाको बुद्धशान्ति तीन गाउँपालिका मार्फत उनीहरुको परिवारलाई बुझाएर मात्र फर्कने बताए । सो कार्यक्रममा उप–महानगरका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, रुसुफ नेपालका अध्यक्ष मुस्ताक राईलगायतको उपस्थिति रहेको थियो ।


 

Next Post

महिला स्वास्थ्य स्वयम्सेविकालाई पाँच हजार प्रोत्साहन भत्ता

१ चैत्र २०७४, बिहीबार १७:२०
सदरलाइनडटकम १ चैत, खजुरा (बाँके) : स्वास्थ्यको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण भुमिका निभाउने महिला स्वास्थ्य स्वयमसेविकालाई विभिन्न स्थानीय तहले प्रोत्साहन भत्ता वितरण गर्न थालेका छन् । यसक्रममा बाँकेको खजुरा गाउँपालिका वडानम्वर २ ले वडाभित्र रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई वर्षेनी पुरस्कार स्वरुप […]

सम्बन्धित