सदरलाइनडटकम,
नेपालगञ्ज : देशका अधिकांश तराई भू–भागमा तापक्रम बढ्दै गएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, विराटनगर, भैरहवालगायतका स्थानमा तापक्रम बढ्दा जनजिवन प्रभावित भएको छ ।
लकडाउनका समयमा अत्यावश्यक कामले घरबाहिर निस्किँदा र घरभित्रै बस्दा पनि निकै गर्मी महसुश भएको स्थानीयले बताएका छन् । स्वाथ्यकर्मी, प्रहरी, सञ्चारकर्मी, खाद्य सामग्री ढुवानीलगायत अत्यावश्यक काममा खटिनेहरुलाई पनि मुश्किल भएको छ ।
पछिल्लो दुई दिन यता तराईका अधिकांश स्थानको अधिकतम तापक्रम ३५ देखि ३७ डिग्री सेल्सियससम्म पुगेको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए । आजको अधिकतम तापक्रम पनि यसैको हाराहारीमा पुग्ने उनको भनाई छ ।
