अयोध्यामा राम मन्दिर बनाउन ट्रष्ट गठन

२२ माघ २०७६, बुधबार १६:३३
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर बनाउनका लागि स्वायत्त ट्रष्ट गठन गरेका छन् । बुधवार लोकसभामा सम्बोधन गर्दै उनले अयोध्यामा राम मन्दिर निर्माणका लागि स्वायत्त ट्रस्ट गठन गरेको जानकारी दिएका हुन् ।
सर्वोच्च अदालतले दिएको आदेश अनुसार नै राम मन्दिर बनाउन स्वायत्त ट्रष्ट गठन गरिएको जानकारी प्रधानमन्त्री मोदीले लोकसभामा गराएका हुन् । यसअघि सर्वोच्च अदालतले अयोध्या मुद्दाको फैसला गर्दै सरकारलाई मन्दिर निर्माणका लागि तीन महिनाभित्र ट्रस्ट बनाउन निर्देशन दिएको थियो ।
सर्वोच्चले दिएको समय सीमा यही फेब्रुअरी ९ मा सकिँदै थियो । संसदमा प्रधानमन्त्री मोदीले सरकारले सर्वोच्च अदालतले दिएको आदेशअनुसारनै भगवान रामको जन्मस्थलमा भव्य मन्दिर बनाउन ट्रष्ट बनाइएको बताएका हुन् । उनले स्वायत्त ट्रष्ट श्रीराम जन्मभूमि तीर्थ क्षेत्र, गठनको प्रस्ताव पारित गरिएको जानकारी दिए । ट्रष्टमा १५ जना सदस्य रहने जनाइएको छ । (एजेन्सी)

Next Post

नापीका सर्भेक्षकसहित नेपालगञ्जबाट दुईजना पक्राउ

२२ माघ २०७६, बुधबार १६:३३
सदरलाइनडटकम, नेपालगञ्ज : नापी कार्यालय नेपालगञ्जबाट दुई जना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी सर्भेक्षक यामबहादुर खत्री र लेखापढी ब्यवसायी प्रताप केसीलाई ३५ हजार रुपैयाँ घुससहित बुधवार फक्राउ गरेको हो । जग्गाको हालसाविक कायम गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम लिएपछि खत्रीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग […]