२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

बाँकेको साहित्यलाई चिनाउन बृहत साहित्य सम्मेलन गर्न सुझाव



सदरलाइनडटकम
१७ चैत नेपालगन्ज  : बाँकेको पहिचानलाई विश्वव्यापी बनाउन बृहत साहित्य सम्मेलन गर्नुुपर्ने नेपालगन्जमा आयोजिक साहित्यिक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् ।शनिबार मध्यपश्चिम श्रष्टा समाज, बाँकेको आयोजनामा नेपालगन्जमा आयोजित बहुुभाषिक कवि गोष्ठी तथा तथा श्रष्टा सम्मान कार्यक्रमका सहभागिले सो सुझाव दिएका हुन ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ कथाकार सनत रेग्मीले नेपालगन्ज विविध भाषाभाषीको शहर भएकोले बहुुभाषिक कवि गोष्ठीको महत्व रहेको र यसले एकआपसमा भातृत्व बिकास, सामाजिक सद्भाव फैलाउन महत्वपुुर्ण भुुमिका खेल्ने बताए ।
उनले नेपालगन्जमा एउटा बृहत राष्ट्रियस्तरको साहित्यिक सम्मेलन गर्ने ईच्छा रहेको बताउदै नयाँ श्रष्टाहरुलाई अग्रज साहित्यकारको लेख रचना अध्ययन गर्न अनुुरोध समेत गर्दै भने–‘ म नयाँ सूष्टालाई अग्रजको लेख रचना अध्ययन गर्न सुझाव दिन्छु । जस्ले गर्दा साहित्य लेखनमा निखारता आउने छ ।’
साहित्यलाई सम्वृद्धितर्फ अगाडि बढाउन बाँके जिल्लामा रहेका सम्पूर्ण साहित्य संस्था मिलेर एक बृहत कार्यक्रमको आयोजना गर्नुु पर्ने र बाँकेलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा एकपटक फेरि चिनाउनुु पर्ने समय आएको उनको भनाई थियो ।
सो सम्मान कार्यक्रममा शिक्षामा योगदान पुु¥याए वापत रुद्रपतिलाल कर्ण, सामाजिक सेवाको लागि नर्बदा शर्मा खनाल, साहित्य सृजनामा योगदान पुु¥याए वापत मोहम्मद अमित ख्याली, शिक्षा र सृजनामा योगदान पुु¥याए वापत किरण आर्चाय र साहित्य उन्नयन र सृजनाको लागि प्राज्ञ हरि प्रसाद तिमिल्सिनालाई सम्मान पत्र र दोसल्ला ओढाएर प्रमुुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ रेग्मीले सम्मान गरेका थिए ।
सो बहुुभाषिक कवि गोष्ठीमा अवधी साँस्कृतिक विकास परिषदका अध्यक्ष सचिदानन्द चौबै, उर्द्ुु सायर मुुस्तफा अहसन कुुरैसी, मध्यपश्चिम गजल प्रतिष्ठानका अध्यक्ष अब्दुुल लतिफ शौक, भेरी साहित्य समाजका कोषाध्यक्ष भरत रानाभाट, महानन्द ढकाल, नरेन्द्र जंग पिटर, जलवायुु संरक्षण अभियान नेपालका अध्यक्ष हेमन्तराज काफले ईश्वरी प्रसाद रिजाल उल्कापात,ऋचा लुुईटेल, प्रकास विलभ संगम, अनुुपम करारा, गणेशा कार्की, सारिक रब्बानी, भिमबहादुुर शाही, डा. गोपाल प्रसाद अधिकारी, डम्बर थापा, कमल बडुवाल, विक्रम शिशिर, दिपाली पाठक, सुुगम सुुनामी, विपी अंकित अधिकारी, निरज दाहाल, यमुुना राणा, महेश शर्मा रश्मि, विष्णुु प्रसाद न्यौपाने, लगायत २ दर्जन साहित्यकारहरुले कविता, गजल, गीत तथा आ–आफना विचार प्रस्तुुत गरेका थिए ।
सो बहुुभाषिक कार्यक्रम मध्यपश्चिम श्रष्टा समाज, बाँकेका अध्यक्ष सृजन लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सन्चालन अमृत शर्मा ढकालले गरेका थिए ।  

प्रकाशित मिति : २०७४ चैत १७ गते शनिबार
ताजा समाचार