२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

प्रदेश ६ मा कांग्रेस संसदीय दलको नेतामा शाही



सुर्खेत, २६ माघ। प्रदेश नम्बर ६ मा नेपाली कांग्रेसले जिवनबहादुर शाहीलाई संसदीय दलको नेता चुनेको छ।

शुक्रबार वीरेन्द्रनगरमा बसेको दलको बैठकले शाहीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो।

प्रदेशमा पहिलो र दोस्रो शक्तिका रुपमा एमाले र माओवादीले भागबण्डामा सरकार बनाउने छन्।

यदि वाम पार्टीहरुबीच एकता भएमा ६ जना प्रदेशसभा सदस्य रहेको कांग्रेसले अबको पाँच वर्ष सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेछ।

यो प्रदेशमा कांग्रेबाट प्रत्यक्षतर्फ विजयी भएका उनी एक्ला प्रदेश सभा सदस्य हुन्। उनी हुम्ला (ख) बाट विजयी भएका हुन्।

प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रबार
ताजा समाचार