सदरलाइनडटकम
१६ फागुन, नेपालगन्ज : सामाजिक सद्भावको पर्वको रुपमा रहेको फागु पूर्णिमाको अवसरमा बाँकेका धर्मगुरुहरुले शान्तिपूर्ण रुपमा मनाउन अपील गरेका छन् ।
अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिका संयोजक तथा बागेश्वरी मन्दिरका मुल महन्त तथा हिन्दू धर्म गुरु चन्द्रनाथ योगी, समितिका सह–संयोजक तथा मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी, मौलाना मन्सुर आरफी, शिख धर्मका राजेन्द्र सिंह सरदारले संयुक्त विज्ञप्ती जारी गरी पर्वलाई शान्तिपूर्ण मनाउन अपिल गरेका हुन ।
‘फागु तथा होली रंगहरुको पर्व भएकोले सामाजिक सद्भावमा कुनै खलल नपर्ने गरी ईच्छा अनुसार रंग खेल्न सो विज्ञप्तीमा आग्रह गरिएको छ । जबरजस्ती गर्दै ईच्छा विपरित रंग खेलेमा स्थानीय प्रशासनले समेत कडा कारवाही गर्ने जनाएको छ ।
