
सदरलाइनडटकम,
काठमाण्डौ : भोलि (शनिवार)देखि मौसममा सुधार हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । बिहीवार रातिदेखि नै देशका धेरै ठाउँमा पानी र हिउँ पारेको प्रणाली केही कमजोर भएपछि भोलिदेखि मौसममा सुधार हुने देखिएको मौसमविद् सुजन सुवेदीले बताए ।
उनका अनुसार भोलि पश्चिमको मौसम आशिंक बदली भएपनि पूर्व र मध्य क्षेत्रको मौसम खुल्ने सम्भावना छैन । यस्तै मध्य र पूर्वको केही ठाउँमा पानी पर्नेछ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि हुनेछ ।
तर बिहीवार र शुक्रवारभन्दा भोलि थोरै पानी पर्ने मौसमविद्को अनुमान छ । पर्सी भने धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।