प्याब्सनको नेपालगञ्ज उपमहानगर स्तरीय कमिटीमा विकास बज्राचार्य

सदरलाइन संवाददाता ३ आश्विन २०७८, आईतवार ०९:५४
 

नेपालगञ्ज : बाँके जिल्ला प्याब्सन नेपालगञ्ज उप–महानगरपालिकाको नगर स्तरीय कमिटीको अध्यक्षमा विकास बज्राचार्य चयन भएका छन् । शनिबार नेपालगञ्जमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट बज्राचार्यको अध्यक्षताको नगर कमिटीको चयन भएको हो ।


कमिटीको उपाध्यक्षमा नरेन्द्र श्रेष्ठ, सचिवमा मानबहादुर थापा, कोषाध्यक्षमा विज्ञान शाह, सह–सचिवमा हेमन्त राज काफ्ले र सह–कोषाध्यक्षमा मनहोर चन्द चयन भएका हुन् । यस्तै कमिटीको सदस्यमा भिम तिमिल्सेना, बद्रे आलम खान, पवन गौतम, नमराज शर्मा चयन भएको सचिव थापाले जानकारी दिए ।

अधिवेशनमा नेपालगञ्ज उप–महानगरपालिका मेयर डा.धवल शमशेर राणा, शिक्षा विकास तथा समन्वय इकाई बाँके प्रमुख राम सुरेश यादव, हिसान केन्द्रीय उपाध्यक्ष ईश्वर पोख्रेल, प्याव्सन केन्द्रीय प्रागिक सल्लाहकार डा.राजेश केशर खनाल, प्याव्सन प्रदेश उपाध्यक्ष ऋषीकेश जीसी ,प्याव्सन बाँके अध्यक्ष राजेन्द्र आर्चाय लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जीवन ज्योति स्कुलद्धारा स्वास्थ्य सामग्री सहयोग

३ आश्विन २०७८, आईतवार ०९:५४
कोहलपुर (बाँके) : जीवन ज्योति स्कुलले कोहलपुर नगरपालिकालाई अक्सिजन उत्दपादन मेसिनसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । एक कार्यक्रमका विच जीवन ज्योति स्कुल परिसरमा कोहलपुर नगरपालिकाले संचालन गरेको आधारभूत अस्पताललाई उक्त स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कोहलपुर नगरपालिका मेयर रावतले दातृ निकाय संगको सहकार्यमा जीवन […]