डुडुवामा शिक्षा सुधारका लागि विशेष रणनीति

सदरलाइन संवाददाता २३ माघ २०८०, मंगलवार १८:२८
 

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ । पालिकाले यस वर्ष शिक्षाको गुणस्तरियतासंगै विकासका लागि राणनीति अनुसारको कार्ययोजना अघि सारेको जनाएको छ ।

पालिका अन्तर्गतका विद्यालयहरुको गुणस्तरियता, शिक्षकको निगरानी, विद्यार्थीको सहभागिता, अभिभावकको भुमिकालाई प्रभावकारी बनाउने उद्देश्यले कार्य गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार अहिले पहिलो चरणमा पालिका अन्र्तगत रहेका ७ वटा विद्यालयमा सिसि क्यामरामार्फत निगरानी गरिएको छ ।

यसले विद्यालय समयमा खुल्ने र बन्द हुने, शिक्षक र विद्यार्थी आउने समय, कक्षा कोठामा अध्यायपन, सुरक्षालगायत विषयको निगरानी शुरु गरिएको अध्यक्ष चौधरीले बताए ।

पालिकाले विद्यालयमा नैतिक तथा संस्कारको कक्षा समेत शुरु गर्ने योजना बनाएको छ । आगामी शैक्षिक सत्रबाट संस्कारिक कक्षा शुरु गर्ने पालिका अध्यक्ष चौधरीले बताए । त्यसका लागि स्थानीय पाठ्यक्रम निमार्णको काम शुरु गरिएको छ । अहिले समिति निमार्ण गरि कार्य प्रारम्भ भएको छ ।


डुडुवाले छात्रा विद्यालय सञ्चालन गर्न लागेको छ । डुडुवा–२ को बेतहनीमा यस वर्षदेखि कक्षा १ को स्वीकृती पाएकाले अब पढाई शुरु गरिने छ । विद्यालय सञ्चालनका लागि अहिले भौतिक संरचना निमार्णको कार्य भईरहेको छ । मधेशी तथा मुस्लिम समुदायका अभिभावकले आफ्ना बालिकाहरुलाई प्रायः विद्यालय नपठाउने गर्नाले छात्राहरुको छुट्टै विद्यालय सञ्चालन गर्ने योजना अनुरुप छात्रा विद्यालय सञ्चालन गर्न लागेको पालिका अध्यक्ष चौधरीले बताए ।

गुणस्तर मापनका लागि शिक्षण सहजीकरण
डुडुवा गाउँपलिकाले शैक्षिक गुणस्तर मापनका लागि अहिले शिक्षण सहजीकरण शुरु गरेको छ । शुरुमा माध्यमिक विद्यालयमा गएर शिक्षकले पढाएको कक्षाको अवलोकनको कार्य भईरहेको शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताए ।

उनले भने,–‘हामी विद्यालयमा जान्छौ, शिक्षकले विद्यार्थीहरुलाई विषयगत शिक्षा पढाइरहेको बेला शिक्षकको कार्यक्षमता र सिकाईमुलक सिपलगायतका बारेमा मुल्याङ्कन गरेका छौ ।’ त्यस क्रममा विद्यार्थीहरुको समेत हामीले टेस्ट गरेका छौ । उनले भने,–‘अनुगमनबाट देखिएको समस्यालाई समाधानका लागि कार्ययोजना निमार्ण गर्छौ र सोही बमोजिम सुधार गर्ने छौ ।’

कक्षा अवलोकन पश्चात् विशेष गरि शिक्षकले विद्यार्थीहरुलाई आधारभुत सामान्य जानकारी नगराएको, शिक्षकले विषयगत ज्ञानको बारेमा पढाएपनि बालबालिकाको सिकाइमा कमी लगायतका समस्या देखिएको शाखा प्रमुख कर्णले बताए । विद्यालयको अवलोकन तथा अनुगमन पश्चात समग्र अवस्थाको बारेमा सुधार गर्न विशेष पहल गरिनेछ । डुडुवामा माध्यमिक विद्यालय ७ वटा, आधारभुत विद्यालय ९ वटा, मदरसा १८ वटा, गुरुकुल १ वटा र ७५ वटा बालविकास केन्द्रहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोनाहा जातिको पेशा संकटमा

२३ माघ २०८०, मंगलवार १८:२८
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरी गाउँका केशव बुढाथोकी गढवा गाउँपालिका–७ स्थित राप्ती नदीको एउटा किनारमा बालुवा खोस्रिदै गरेका थिए । उनले बालुवा चालेर सुन खोजी गर्न थालेको बताए । माघको चिसोमा पनि बुढाथोकीको दैनिकी बिहानदेखि बेलुकासम्म नदीमै बित्ने गरेको छ । नदीमा समय बिताएर उनले आफ्नो घर व्यवहार चलाउने […]

सम्बन्धित