बाँकेमा यसवर्ष करिव साढे पाँच लाखलाई हात्तिपाईले रोगविरुद्धको औषधि खुवाईने

११ फाल्गुन २०७४, शुक्रबार ११:४६
 

सदरलाइनडटकम  
११ फागुन, नेपालगन्ज  : बाँकेमा यसवर्ष करिव साढे पाँच लाखलाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईने गरी तयारी पुरा भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार यस वर्ष ९ सय ९१ बुथबाट १ लाख १४ हजार ९ सय ८७ घरधुरीका ५ लाख ३५ हजार ७ सय ९७ जनालाई सो औषधि खुवाउने तयारी भएको हो ।
२०६७ सालदेखि बाँकेमा हात्तिपाईले रोगविरुद्ध औषधि खुवाउन सुरु गरेर २०७२ साल मै अभियान सम्पन्न हुनुपर्ने भए पनि विभिन्न कारणले सो अभियान सम्पन्न हुन नसकेको कारण पुनः औषधी खुवाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काले जानकारी दिए ।
उनले बाँकेका आठवटै स्थानीय तहमा फागुन १२ गते बुथमा, १३ र १४ गते घरभेटमा सो औषधि खुवाउने गरी तयारी गरेको जानकारी दिए । उनले सो को लागि २ हजार ३ सय स्वास्थ्य स्वयम सेवक, ३ सय ४६ जना स्वास्थ्यकर्मीलाई र ५ वटा आरआरटी टिम परिचालन गरिने बताए ।
उनले भने–‘ २०६७ सालमा अभियान सुरु गरेर नियमित छ वर्ष औषधि खाएपछि २०७२ सालमा गरिएको पूर्व जाँचमा १६ प्रतिशतमा हात्तिपाईलेको जीवाणु भेटिएपछि पुनः औषधि सुरु गरिएको र २०७४ को कात्तिकमा गरिएको परिक्षणमा १३ प्रतिशतमा झरेकोले औषधि खुवाउने क्रम जारी राखिएको हो ।’
उनले खुला सिमाना र नेपालगन्ज उप–महानगर क्षेत्रमा औषधि खानेको संख्या अत्यन्त न्यून भएकोले पनि निर्मूल हुन केही समय लाग्ने बताए । उनले औषधि खानको लागि विभिन्न धार्मिक अगुवा, नागरिक अगुवा, जातिय तथा समुदायका अगुवासहित विभिन्न खालका सचेतना अभियान सञ्चालन गर्दै आएकोले यस वर्ष अलि बढीले हात्तिपाईले बिरुद्धको औषधि खाने दाबी गरे ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले २०६७ सालमा ९१ प्रतिशत २०६८ मा ५३ प्रतिशत, २०६९ मा ६६ प्रतिशत, २०७० मा ७३ प्रतिशत, २०७१ मा ७५ प्रतिशत, २०७२ मा ६७ प्रतिशत र २०७३ सालमा ७३ प्रतिशतले मात्र औषधि सेवन गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
उनले औषधि खुवाउनको लागि फिल्डमा खटिने स्वास्थ्य स्वंम सेवकलाई औषधि खुवाउने तरिकाको बारेमा अभिमुखिकरण गरिनुको साथै धर्मगुरुहरुलाई समेत यसको असरको बारेमा जानकारी गराउदै उनीहरु मार्फत औषधि खानको लागि सचेतना फैलाएर सहयोग गर्नको लागि अपिल समेत गरिएको जानकारी दिए । तस्वीर गुगलबाट

Next Post

नेपालगन्ज उप–महानगरले उठायो करिब छ करोड राजस्व

११ फाल्गुन २०७४, शुक्रबार ११:४६
सदरलाइनडटकम १२ फागुन, नेपालगन्ज : जननिर्वाचित प्रतिनिधि बहाली भएको पहिलो छ महिनामा नेपालगन्ज उप–महानगरपालिकाले गत वर्षको तुलनामा करिव ७५ लाख बढी राजस्व संकलन गर्न सक्षम भएको छ । निर्वाचित जनप्रतिनिधि र प्रमुख कार्यकारी सहितको नतिजा मुखिटिम वर्कका कारण गत वर्षको तुलनामा यो वर्ष बढी राजस्व संकलन गर्न सकिएको बताईएको छ […]