भैलोबाट उठेको रकम मृगौला पीडितलाई

सदरलाइन संवाददाता ४ मंसिर २०८०, सोमबार १६:०१
 

कोहलपुर (बाँके) : देउँसी भैलो कार्यक्रमबाट उठेको रकम कोहलपुरका मृगौला पीडितलाई हस्तान्तरण गरिएको छ । सगरमाथा डान्स एण्ड इन्टरटेन्मेन्ट खजुरा र दश बिगाह युवा जागरण क्लबले संयुक्तरुपमा आयोजना गरेको भैलीबाट उठेको ४८ हजार रुपैयाँ सामाजिक उत्तरदायित्व वहन गर्दै कोहलपुर १० कालिकानगरका मृगौला पीडित प्रकाश विकलाई हस्तान्तरण गरिएको हो ।

सगरमाथा डान्स एण्ड इन्टरटेन्मेन्ट खजुरा र दश बिगाह युवा जागरण क्लबले सोमवार आयोजित एक कार्यक्रममा उक्त रकम हस्तान्तरण गरेको दश बिगाह युवा जागरण क्लबका उपाध्यक्ष दिपेन्द्र कुँवरले जानकारी दिए ।


कार्यक्रममा सगरमाथा डान्स एण्ड इन्टरटेन्मेन्ट खजुराका अध्यक्ष दिलु सुनार र दश बिगाह युवा जागरण क्लबका अध्यक्ष सुरेश अधिकारीले भैलो खेलेर अन्य फजुल खर्च गर्नुको साटो सामाजिक तथा मानवीय विषयमा सहयोग गर्न पाउँदा आफुहरुलाई आत्मसन्तुष्टि मिलेको बताउँदै युवाहरुले सामाजिक सरोकारका विषयमा आवाजसहित विकास निर्माण र मानवीय सेवामा समर्पित हुनुपर्नेमा जोड दिए ।

पीडितको घरमै पुगेर उपचारका लागि रकम हस्तान्तरण गरेपछि खुशी ब्यक्त गर्दै मृगौला पीडित विकले यो सहयोगले आफुले साक्षात भगवान पाएको महशुस गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहा नाकाबाट १५ वटा मुर्रा राँगा भित्र्याइने

४ मंसिर २०८०, सोमबार १६:०१
नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याउन लागिएको छ । भारतले पठाएको १५ वटा मुर्रा जातको राँगा रुपईडिहा–जमुनाहा नाकाबाट भित्र्याउने तयारी भएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए । नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेसँगै भारतले राँगा हस्तान्तरण गरेको उनको […]