सदरलाइनडटकम,
नेपालगन्ज : अटोरिक्सा दुर्घटना हुँदा बाँकेमा एक महिलाको मृत्यु भएको छ । नेपालगन्जदेखि खजुरा जाँदै गरेको भे १ स ५७५४ नम्बरको अटोरिक्सा शुक्रवार बिहान दुर्घटना हुँदा नेपालगन्ज उपमहानगरपालिका १५ पिप्रहवा निवासी ६७ बर्षीया दलेखा दर्जीको मृत्यु भएको हो ।
धम्बोजीको खजुरा रोडस्थित कलभर्टमा अटोरिक्सा ठोक्किएरा दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए । दुर्घटनामा परी घाइते भएकी दर्जीलाई उपचारका लागि मेडिकल कलेज नेपालगन्ज लैजाँदै गर्दा मृत्यु भएको उनले जानकारी । अटोरिक्सा चालक नेपालगन्ज २१ का राजेन्द्र नाउलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
