सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला विपद व्यवस्थापन समिति बाँकेले बाढी जन्य विपदको बेलामा गरिने खोज तथा उद्दारको कृतिम घटनाको अभ्यास बाँकेको राप्ती नदीमा गरेको छ । बाढी प्रभावित क्षेत्रमै उद्दारको कृतिम घटना अभ्यासगर्दा समुदायलाई बाढीको प्रकोपबाट जोगिनको लागि मद्दत पुग्ने विश्वासले प्रभावित क्षेत्रमै अभ्यासको आयोजना गरिएको हो ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजना र बाँके जिल्ला रेडक्रशको समन्वय तथा विश्व खाद्य संगठनको सहयोगमा राप्तीसोनारी गाउपालिका–७ खल्ला झगरीयामा आयोजना गरिएको सो कृतिम घटना अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै रेडक्रशकर्मीको पनि सहभागिता रहेको थियो ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बाढी जन्य प्रकोपको बेलामा उद्दारको लागि खटिने जनशक्तिको अवस्था र समुदायमा विपदको बेलामा क्षति न्यूनिकरण गर्नको लागि अपनाईने सर्तकताको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यले गरिएको बताए ।
कृतिम घटना अभ्यास गरिएको स्थान बाँकेको बाढी जन्य प्रकोपको दृष्टिले अति नै जोखिमयुक्त भएको स्थान हो । एकतिरबाट राप्तीनदी अर्कोतिरबाट डुडुवा नदीको बीचमा रहेको कृषि चौफेरी हरेक वर्ष डुवान कटानमा पर्ने स्थान हो ।
कृतिम घटना अभ्यासमा बाढीमा डुबेका सर्वसाधारणलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले लाईफ ज्याकेट, रबरबोट लगायतको मद्दतले उद्दार गरी ल्याउनुको साथै रेडक्रशले उनीहरुको प्राथामिक उपचार गरेको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी भुजेल, नेपाली सेना भैरवनाथ दल गणका गणपति थापा, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओली, रेक्रशका गोबद्र्धन सिंह सम्झनालगायतको उपस्थिति रहेको थियो ।