नेपालगन्ज उप–महानगरले उठायो करिब छ करोड राजस्व

१२ फाल्गुन २०७४, शनिबार १३:४६
 

सदरलाइनडटकम
१२ फागुन, नेपालगन्ज : जननिर्वाचित प्रतिनिधि बहाली भएको पहिलो छ महिनामा नेपालगन्ज उप–महानगरपालिकाले गत वर्षको तुलनामा करिव ७५ लाख बढी राजस्व संकलन गर्न सक्षम भएको छ ।
निर्वाचित जनप्रतिनिधि र प्रमुख कार्यकारी सहितको नतिजा मुखिटिम वर्कका कारण गत वर्षको तुलनामा यो वर्ष बढी राजस्व संकलन गर्न सकिएको बताईएको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म करिव ६ करोड राजस्व संकलन गर्न सफल भएको उप–महानगरको राजस्व शाखाले दिएको छ । शाखाले जानकारी अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा पाँच करोड ७१ लाख ९५ हजार ६ सय ९६ रुपैया राजस्व संकलन गरेको हो ।
गतवर्ष यही अवधीमा चार करोड ९८ लाख ३० हजार दुई सय १६ रुपैया राजस्व संकलन गरेको थियो । गत वर्ष भन्दा ७३ लाख ७५ हजार चार सय ८० रुपैया बढी राजस्व संकलन भएको देखिन्छ ।
उप–महानगरपालिकाका अनुसार आर्थिक वर्ष ०७४ साउनदेखि माघ मसान्तसम्म नक्सा दर्ता ७ सय १३, प्लिन्थ लेवल स्वीकृती २ सय २८, सुपर स्ट्रक्चर इजाजत ३ सय ३१, नयाँ घर निर्माण २ सय २६, पुरानो घरको प्रमाणित २ सय ९५ वटा गरिएको छ । गतवर्ष १२ करोड राजस्व लक्ष्य रहेकोमा चालु आवमा उप–महानगरपालिकाको १६ करोड राजस्व लक्ष्य रहेको राजस्व शाखा प्रमुख भुपती खत्रीले जानकारी दिए ।
राजस्व शाखाका अनुसार माघ मसान्तसम्म नक्सापास दस्तुरबाट एक करोड २८ लाख ४७ हजार ३ सय ३ रुपैया राजस्व संकलन गरिएको छ । जवकी गत वर्ष यस अवधीमा एक करोड ४७ लाख ५२ हजार ६ सय २५ रुपैया राजश्व संकलन भएको थियो ।
गत वर्ष बनीसकेका घर प्रमाणित गर्नेको संख्या बढी भएका कारण सो अवधीमा बढी राजश्व उठेको उप–महानगरपालिकाका सिभिल इन्जीनियर सुरज शर्माको भनाई छ । नगरका साविकका १८ देखि २८ सम्मका वडालाई घर नक्सा प्रमाणितमा छुट दिइएको समेत इन्जिनीयर शर्माले जानकारी दिए ।
उप–महानगरपालिकाले ०७२ सालदेखि घर नक्सापास अनीवार्य गरि रहेको छ । घर नक्सा पास विना वैंक ऋण लिन, किनवेच गर्न नपाइने व्यवस्था छ । उप–महानगरपालिकाले शहरी योजना तथा भवन निर्माण मापदण्ड ०७४ मस्यौदा अन्तिम चरणमा पु¥याएको उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । उनले भने–‘नेपालगन्ज उप–महानगरलाई पश्चिम नेपालको विकशित र समृद्ध उप–महानगर बनाउनको लागि हर संम्भव प्रयास गर्दै आएको छ । यसले चाँडै नै विकासको गति लिनेगरी हामीले काम अघि बढाएका छौ ।’
उनले उप–महानगरले राजस्वका दायरा बढाउदै जनतालाई विकासको अनुभूति हुने गरी निर्वाचित जनप्रतिनिधिसगै कर्मचारी समेतको मिहेनतले चाँडै नै नेपालगन्ज उप–महानगरको मुहार फेरिने गरी काम सुरु गरि सकेको अब नतिजा आउन मात्र बाँकी रहेको समेत दाबी गरे ।

Next Post

मासु उत्पादन तथा बजारीकरण तालिम सम्पन्न

१२ फाल्गुन २०७४, शनिबार १३:४६
सदरलाइनडटकम  १२ फागुन, नेपालगन्ज : स्वच्छ मासु उत्पादन र बजारीकरणका लागि राज्यले व्यावसायीलाई प्रोत्साहन र उनीहरुलाई अवसर दिनुपर्ने एक कार्यक्रमका सहभागिले औल्याएका छन् । फ्रेस हाईजिनिक फुड तथा मासु प्रशोधन केन्द्रको आयोजना तथा प्याक्ट नेपालको सहकार्यमा आयोजित मासु कटिङ्ग, प्रोसेसिङ्ग, भण्डारण, कोल्ड स्टोरेज सम्बन्धित ३ दिने तालिमको समापनका सहभागिले सो […]