कमाण्ड सेनापति ट्रफि फुटबल प्रतियोगिता शुरु

सदरलाइन संवाददाता ११ फाल्गुन २०७८, बुधबार १४:४३
 

नेपालगञ्ज : नेपाली सेनाको भैरवप्रसाद गण, नेपालगञ्जमा कमाण्ड सेनापति ट्रफि फुटबल प्रतियोगिता शुरु भएको छ । पश्चिम कमाण्डअन्तर्गतका चार वटा बाहिनी अड्डाका आठ वटा युनिटले प्रतियोगितामा भाग लिएका छन् ।

उदघाटन खेलमा भैरवप्रसाद गण, नेपालगञ्जले जुम्लाको नन्दबक्स गणलाई ३–१ गोलले पराजित गरेको छ ।


यसअघि श्री नम्बर ४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी उत्तमकुमार विष्ट, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, मध्यपश्चिम खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द, एन्फा लुम्बिनी प्रदेशका उपाध्यक्ष सूर्यमणि अधिकारी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, वेष्टर्न अस्पतालका सञ्चालक डा. राहुल थापालगायतले रेफ्री अमर घलेलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उदघाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फागुन १६ देखि २६ गतेसम्म बर्दिया महोत्सव हुने

११ फाल्गुन २०७८, बुधबार १४:४३
बर्दिया : कोरोनाका कारण स्थगित बर्दिया महोत्सव २०७८ को तयारी थालिएको छ । बाँसगढी उद्योग वाणिज्य सँघको मुख्य आयोजनामा पौष २९ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव अन्तिम समयमा स्थगित भएको थियो । स्थगित वाई वाई पाँचौ बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया महोत्सव अव फागुन […]