मध्य र सुदूरपश्चिममा अटवारी र गौरा पर्वको रौनक

११ भाद्र २०७४, आईतवार २१:५२
 

सदरलाइनडटकम ११ भदौ, नेपालगन्ज  : मध्य र सुदूरपश्चिममा अटवारी र गौरा पर्वको रौनकताले छाएको छ । थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आजको आईतबारलाई बरका अटवारी पर्वको रुपमा मनाएका छन् । दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायले यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।
भाद्र शुक्लपक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि पानीसमेत नपिई व्रतबसी पुरुषद्वारा नै यस पर्वमा साँझ पख गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्नु पर्ने चलन रहेको छ । व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलबाट बनेको वरिया, रोटीलगायतका पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याई बचेको बाँकी भाग व्रतालुले खाने चलन रहेको थारु अगुवा कालीप्रसाद चौधरीले बताए ।
यस्तै सुदरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वको रौनकता बढेको छ । गौरा पर्वका अवसरमा सुदुरपश्चिमका मुख्य बजार तथा ग्रामिण क्षेत्रहरुमा समेत देउडा प्रतियोगिता भईरहेका छन् ।
डडेल्धुरा जिल्ला सदरमुकाममा यस पनि गौरा पर्वलाई मोहत्सवका रुपमा आईतबार दोस्रो दिन भव्यरुपले गौरा मनाईदै छ । सुदुरपश्मिांञ्चलको प्रमुख पर्व गौराकोे रौनकता बढेपछी देउडा गीतका गीतकारहरु निकै व्यस्त बनेका छन् ।
दिनभरी घर धन्दामा मात्र व्यस्त देखिने सुदुरपश्चिमका गृहिणीहरुलाई देउडा, चैत, धमारी खेल्न भ्याई नभ्याइ भएको छ । यो पर्वमा महिला पुरुष छुट्टा–छुट्टै रुपमा गोलबन्द भई खेल खेल्दा सहभागीहरुविच दोहरो प्रतिशपर्धा हुने गर्दछ ।
बिबाहित महिलाले निराहर वसि गौरा पर्वमा भगवान् शिव र पार्वतीको गौरा घर र मन्दीरमा गई पुजा समेत गर्ने गर्दछन् । यो पर्वका वेला गरिने शिव र पार्व्तिको पुजामा अक्षताका रुपमा प्रयोग हुने विरुडा अर्थात भिजाएर राखिएको पाँच थरिका गेडा गुडीको ठूलो महत्व रहने गरेको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युनेस्को क्लबद्धारा सरस्वती माविलाई कम्प्युटर प्रदान

११ भाद्र २०७४, आईतवार २१:५२
सदरलाइनडटकम १२ भदौ नेपालगन्ज : बाँके युनेस्को क्लबद्धारा नेपालगन्ज नगर क्षेत्रका विद्यालयमा संचालित सहयात्रा परियोजना अन्तर्गत स्थानिय सरस्वती माध्यमिक विद्यालयलाई तीन थान कम्प्युटर उपलव्ध गराएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा बालबालिका केन्द्रीत शैक्षिक प्रणालीलाई गुणस्तरीय बनाउने उद्देश्यले संचालित सो परियोजना नेपालगन्जस्थित १९ विद्यालयमा संचालनमा रहेको छ । रु एक […]