नेपाली युवकको कम्पनीले जित्यो फेसबुक अवार्ड

२६ माघ २०७४, शुक्रबार ०८:०३
 

नेपाली युवक अभिनव खनाल सहसंस्थापक रहेको कम्पनीले व्यवसाय (सोसल अन्टरपेनरसीप) ग्रान्ड अवार्ड जितेको छ ।

समाजिक सञ्जाल फेसबुकले दिने प्रतिष्ठित पुरस्कार अभिनव सहसंस्थापक रहेको बिन भोयाज कम्पनीले जितेको हो ।

पुरस्कार राशी ५५ हजार अमेरिकी डलर छ । तर, फेसबुकले रकम दिने नभइ विज्ञापन र फेसबुकका उच्च कर्मचारीहरुले व्यवसाय कसरी अगाडि बढाउने भन्ने प्रशिक्षण दिनेछन् ।

अभिनवको कम्पनी बिन भोयाज कोष्टारिकामा छ । यसले संसारभरका महिला कफी उत्पादकहरुलाई फेसबुकमार्फत आफ्नो व्यवसाय प्रवर्धन गर्न सघाइरहेको छ ।


फेसबुकको प्रयोग गरेर समाजमा सकारात्मक प्रभाव छाड्ने उद्यमीहरुलाई यो अवार्ड प्रदान गरिन्छ ।

तीन कम्पनी फेसबुकबाट पुरस्कृत भएका थिए । जसमा बिन भोयाजले पहिलो पुरस्कार हात पारेको हो ।

फेसबुक लाइभमार्फत अवार्ड विजेताहरु घोषणा गर्दै फेसबुककी उपप्रमुख भीपी क्यारोलिनले बिन भोयाजले परम्परागत कफी व्यापारमा ठूलो सुधार गरेको बताएकी छन् ।

अध्ययनका लागि क्यानडा पुगेका अभिनवले साथीहरुसँग मिलेर सन् २०१४ बिन भोयाज स्थापना गरेका थिए ।

एजेन्सीको सहयोगमा

Next Post

विपन्न समुदायका विद्यार्थीको भर सामुदायिक विद्यालय

२६ माघ २०७४, शुक्रबार ०८:०३
कृष्ण दर्नाल/रासस पाल्पा, २६ माघ । पाल्पा जिल्लाको तानसेन नगरपालिका–६, कुन्सरेस्थित कुन्सरे आधारभूत विद्यालय आर्थिकरुपमा विपन्न समुदायका बालबालिकाले अध्ययन गर्ने पाठशाला बनेको छ । आर्थिकरुपमा सम्पन्न अन्य समुदायका बालबालिका निजी बोर्डिङ स्कुलमा पढ्न गएपछि सामुदायिक विद्यालय जनजाति, दलित र अल्पसंख्यक समुदायका बालबालिकाको पाठशाला बन्दै गएको हो । कुन्सरे आधारभूत विद्यालयको […]

सम्बन्धित