हिन्दू स्वयंसेवक संघ नेपाल बाँकेको बैठक सम्पन्न

सदरलाइन संवाददाता २८ श्रावण २०८०, आईतवार १४:०७
 

नेपालगञ्ज : हिन्दू स्वयंसेवक संघ नेपाल बाँकेको जिल्ला योजना बैठक सम्पन्न भएको छ । नेपालगञ्जस्थित पशुपति शिक्षा मन्दिरमा वार्षिक कार्यक्रमको योजना र कार्यसमिति विस्तार गरी जिल्ला योजना बैठक सम्पन्न भएको हो ।

उक्त जिल्ला योजना बैठकमा बाँके जिल्ला, नेपालगञ्ज नगर र भेरी विभागको कार्य समिति विस्तार गरिएको हिन्दू स्वयंसेवक संघ नेपालका कर्णाली र लुम्बिनी सम्भाग प्रचारक तथा राष्ट्रिय शारीरिक प्रमुख विकुल दाहालले बताए ।

भेरी विभाग कार्यसमितिको विभाग संघचालकमा अजय गुप्ता चयन भएका छन् । भने सह संघचालकमा खड्क बहादुर बोहोरा, कार्यवाहमा राजकृष्ण कँडेल चयन भएका छन् ।

यसैगरी भेरी विभाग सम्पर्क प्रमुखमा आशिष चौधरी, विभाग सेवा प्रमुखमा अनिल जैसवाल, विभाग वैद्धिक प्रमुखमा रमेश मिश्रा, विभाग प्रचार प्रमुखमा सुरज चौधरी, सदस्यमा रामकुमार दीक्षित चयन भएका छन् ।

यस्तै बाँके जिल्ला कार्यसमितिको जिल्ला संघचालकमा फूलचन्द तिवारी चयन भएका छन् । जिल्ला कार्यवाहमा ध्रुवराज शर्मा र जिल्ला व्यवस्था प्रमुखमा शिवशरण वैश्य चयन भएका छन् ।


यसैगरी जिल्ला शारीरिक प्रमुखमा अजय मौर्य, सम्पर्क प्रमुखमा चिन्तु वर्मा, बौद्धिक प्रमुखमा प्रेम शर्मा, सेवा प्रमुखमा दीपक अग्रवाल र प्रचार प्रमुखमा पवन जैसवाल चयन भएका छन् ।

यस्तै नेपालगञ्ज नगर कार्यसमितिको नगर संघचालकमा कल्याण नाग चयन भएका छन्। नगर सह संघचालकमा मुदुल नाग, नगर कार्यवाहमा अर्जुन भट्टराई र नगर व्यवस्था प्रमुखमा अभिषेक वैश्य चयन भएका छन् ।

यसैगरी नगर शारीरिक प्रमुखमा विशाल शर्मा, नगर सह शारीरिक प्रमुखमा अनाघ वैश्य, सम्पर्क प्रमुखमा चन्दन मिश्रा, बौद्धिक प्रमुखमा रतन बहादुर शाही, प्रचार प्रमुखमा भीष्म लोध र सेवा प्रमुखमा शेरबहादुर केसी चयन भएका छन् ।

कार्यसमिति विस्तार सँगै संघको वार्षिक केन्द्रिय कार्यक्रम र जिल्लामा गरिने कार्यक्रम तय गरिएको छ । सो कार्यक्रम वर्ष भरीमा अनिवार्य सम्पन्न गर्नुपर्ने प्रचारक बिकुल दाहालले बताउनु भयो । सो कार्यक्रममा जिल्लाका कार्यकर्ता एवं स्वयंसेवकको भव्य उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा सडक खण्डको ठेक्का तोडियो, कालोसुचीमा राख्न माग

२८ श्रावण २०८०, आईतवार १४:०७
नेपालगञ्ज : बाँकेको खजुरा तथा बर्दियाको गुलरिया सडक खण्डमा निर्माणाधिन सडकको ठेक्का सम्झौता सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय नेपालगञ्जले ताड्ने निर्णय गरेको छ । पटक पटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले सडकको काम सम्पन्न गर्ने तदारुकता नदेखाएपछि डिभिजन कार्यालय नेपालगञ्जले ठेक्का सम्झौता तोडेको हो । तीन पटक म्याद थप र […]