नेकपा खजुराद्वारा स्वास्थ्य सामग्री प्रदान

२० जेष्ठ २०७७, मंगलवार १९:१२
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : नेकपा खजुराले खजुरा गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेकपा प्रदेश कमिटी सदस्य वेदनिधी प्याकुरेल, डम्बर विक तुफान, खजुरा इञ्चार्ज भीम ओली, खजुरा अध्यक्ष राजकुमार विक, सचिव यमबहादुर महतारा, युवा नेता धनीराम ओली, गेहेन्द्र धिताल गाउँपालिका पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीलाई नेकपा नेताहरूले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै कोरोनाविरुद्धको अभियानमा पालिकासंगै रहेकोे प्रतिबद्धता जनाए । स्प्रे ट्यांकी, केमिकल, मास्क, सेनिटाइजर गरि ५० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको हो ।
सो अवसरमा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले कोरोनाविरुद्धको अभियानमा सबैलाई एकताका साथ अगाडि बढ्न आग्रह गरे । यो समय राजनीति गर्ने बेला नभएको भन्दै उनले कोरोनालाई परास्त गर्न सबैले हातेमालो गर्ने बेला भएको बताए ।

Next Post

नरैनापुरमा विद्युतीकरण तीब्र गतिमा केही दिन भित्रै विद्युत पुग्ने

२० जेष्ठ २०७७, मंगलवार १९:१२
सदरलाइन / रुद्र सुवेदी, नेपालगञ्ज :  बाँकेको नरैनापुर क्षेत्रमा बिद्युतीकरणको लागि तीब्ररुपमा काम सुरु भएको छ । कोबिड–१९ नोबल कोरोनाको ‘हटस्पट’ भएको बाँकेको नरैनापुरमा विद्युत अभावको कारण आईशोलेशन निर्माणमा असहज भएको कारणले सो क्षेत्रमा विद्युतिकरणको लागि तीब्र रुपले काम अघि बढाईएको हो । सो निर्बाचन क्षेत्रबाट प्रदेश सभा प्रतिनिधित्व गर्ने […]

सम्बन्धित