२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

सामाजिक कार्यका लागि महोत्सवमा नेवारी खाजा बेच्दै दुई समाजसेवी महिला



सदरलाइनडटकम
१८ माघ, नेपालगन्ज : सामाजिक कार्यका लागि नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा कारकाँदोमा प्रादेशिक महोत्सव–२०७४ को खाद्य तथा रेस्टुरेन्टको स्टल नं. १४ मा उमेरले ६० काटेका दुई सामाजिक अभियानका अभियन्ता नेवारी खाजा सेट पस्कन व्यस्त छन् ।
कला संस्कृतिको जगेर्ना गर्दै सामाजिक कार्यमा समेत सक्रिय उनीहरु हुन नारी विकास केन्द्र बाँके की अध्यक्ष मिना श्रेष्ठ र महिला जाग्रिती सेल नेपालगन्ज की अध्यक्ष लक्ष्मी श्रेष्ठ । एउटै उद्देश्य बोकेको उनीहरुको टोली यति बेला स्टल नं. १४ मा नेवारी खाजाका परिकार बनाएर महोत्सवमा आउने दर्शकका लागि पस्की रहेका हुन्छन् । उनीहरु पैसा कमाउन नभएर सामजिक संस्था सञ्चालनको लागि सो स्टल सञ्चालनमा ल्याएका हुन ।
महिला तथा बालबालिकालाई घरेलु हिंसा तथा उनीहरु बिरुद्ध हुने कुनै पनि हिंसात्मक गतिविधीको बिरुद्धमा सक्रिय रहदै पीडितलाई न्याय दिनको लागि अहोरात्र खट्ने मिना र लक्ष्मीको समुह यतिबेला महोत्सवको स्टल नं. १४ मा सेलरोटी पकाउन, टपरी गाँस्न, तथा नेवारी खाजा वारा, छोईला, पिरो आलु, चुकौनी, चिउरा जस्तो खाजको सेट तयार पार्न व्यस्त रहेका छन् ।
‘हामीले यो स्टल राखेर पैसा कमाउनको लागि यत्रो मेहनत गरका होईनौ हामी हाम्रो संस्कृतिलाई पहिचान गराउने खानाका परिकार लोप हुन लागेको बेलामा स्टल राखेका हौ’–उनीहरु दुबैले हाँस्दै भने–‘अहिले चाउमिन, मःमः जस्ता परिकारले सबैलाई तानेको हुन्छ । तै पनि हामीहरुले स्टल लिएर आँट ग¥यौ आज ७ दिन भयो राम्रो माया पाएका छौ महोत्सवमा आउने दर्शकहरुको माग अनुसारको स्वादमा परम्पारागत खानेकुरा पस्केका छौ ।’
नारी विकास केन्द्र बाँके र महिला जाग्रिती सेल नेपालगन्जका सदस्यहरु गरी करिब १० जनाले दिनकै मेहनतका साथ स्टल सञ्चालन गर्दै आएका छन् । उनीहरु प्लास्टीकले बाताबरण प्रदुषण गर्ने भएकोले बताबरण प्रति सचेत हुनको लागि पनि मालुपातको दुना र टपरी स्टलमै गुथेर त्यसैमा सेल तथा अन्य खानाका परिकार राखेर ग्राहकलाई दिने गरेका छन् ।
स्टल लिनको लागि ५–५ हजार उठाएर स्टल लिएपछि पकाउन सरदाम केही बजारबाट केही आ–आफ्नो घरघरबाट ल्याएका उनीहरुलाई दैनिक रुपमा नन्दा श्रेष्ठ, बिना थापा, सरस्वती रस्तोगी, बिना मल्ल, शान्ति जिसी, रत्ना राणा, रचना श्रेष्ठ र शिला श्रेष्ठलगायतले सहयोग गर्दै आएका छन् ।
‘दैनिक रुपमा ६ हजारदेखि ८ हजारसम्म विक्रि हुने गरेको छ’–हाँस्दै मिनाले भनिन–‘हामीले यसबाट गरेको आम्दानी सामजिक क्षेत्रमै खर्चिने हो । दुबै संस्था सञ्चालनको लागि केही सहयोग होस अनि महोत्सवमा रमाईलो होस भनेर पनि हामी कस्सियौ अहिले छोरीहरुले पनि सघाउदै आएका छन् ।’
महिला जाग्रिती सेल र नारी विकास केन्द्रले स्वस्फुर्त रुपमा कुनै सहयोग र परियोजना विना खासगरी घरेलु ंिहंसा पीडित बालबालिका र महिलाको न्यायको लागि सहजिकरण गर्दै उनीहरुको पक्षमा संबन्धित निकाय प्रहरी, स्थानीय सरकार र अदालतसम्म जानको लागि निशुल्क सहयोग गर्दै आएको संस्था हो ।

 

    

प्रकाशित मिति : २०७४ माघ १८ गते बिहीबार
ताजा समाचार