२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

सपथपछि प्रदेस सांसद नमूनाले भनिन् : ‘बघौडा क्षेत्रले अव विकासमा फड्को मार्छ’



सदरलाइनडटकम  
७ माघ, नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नं. १ क बाट प्रदेस सभामा निर्वाचित प्रदेस सभा सांसद कृष्णा केसी नमुनाले बाँकेको राप्तीपारी बघौडा क्षेत्रको विकासले फड्को मार्ने बताएकी छन् ।
प्रदेस सभा सांसद ‘नमुना’ले आइतबार सपथ ग्रहणपछि टेलिफोनमा कुरा आफुलाई जनताका पक्षमा काम गर्न अझै जिम्मेवारी बोध गराएको बताएको प्रतिक्रिया दिदै भनिन–‘जनताले दिएको मतलाई सम्मान गर्दै राप्तीपारी बघौडा क्षेत्रको विकासमा लागिपर्ने पर्नेछु ।’
उनले आफुले मात्र सो क्षेत्रको विकासको लागि चाहेर मात्र नहुने बताउदै सो क्षेत्रको विकासको लागि स्थानीयले पनि उत्तिकै चासो र चिन्ता व्यक्त गर्न आवश्यक रहेको बताउदै भनिन–‘निर्वाचनको परिणाम आएको दिनदेखि नै बघौडा क्षेत्रको विकासको लागि कदम चालिसकेको छु, अबदेखि दिनरात नभनेर यस क्षेत्रका समस्या समाधान गर्न लाग्नेछु । मेरा कदममा स्थानीयले पनि उत्तिकै साथ दिनु प¥यो ।’
विद्युतिकरण र सडक सञ्जालबाट टाढा रहेको सो क्षेत्रमा एक वर्षभित्र बिजुली बत्ति बालेर छाड्ने प्रतिबद्वता व्यक्त गर्दै भनिन–‘ निर्वाचित भएसँगै विद्यूतीकरणको काम अगाडि बढाएकी छु, लामो समयदेखि रोकिराखेको काम मन्त्रालयमा आफै पुगेर विद्यूतीकरणको फाइल अगाडि बढाएको छु । दुई चार दिनमा नै सम्बन्धित निकायका प्रमुखहरुलाई नै लिएर विद्यूतीकरणको काम तिव्र रुपमा अगाडि बढाउनको लागि फिल्डमा नै जाने तयारीमा छु ।’
सांसद नमुनाले हुलाकी सडकको निर्माणको क्रममा देखिएका विवादलाई स्थानीयको सहयोगले समाधान गरिने बताउदै भनिन–‘ हुलाकी राजमार्ग विस्तारका क्रममा देखिएका विवादलाई स्थानीयको सहयोगमा आफै नै पुगेर समस्या समाधान गर्नेछु । दुई चार ठाउँमा देखिएका समस्यालाई हल गरेर १ बर्षभित्र राजमार्ग निर्माण पूरा गर्न भुमिका खेल्नेछु ।’
उनले डुवान र बाढीपिडितका समस्याहरुलाई अल्पकालिन र दिर्घकालिन योजना बनाएर हल गरिने जानकारी दिदै ५ वर्षभित्र यस निर्वाचन क्षेत्रले फड्को मार्ने गरी योजना बनाएर काम गर्न सुरु गर्ने प्रतिबद्धता ब्यक्त गरिन । जिल्लामा सांसद नमुनालाई स्वच्छ छवी भएको नेतृको रुपमा लिने गरिन्छ । सांसद नमुनालाई भावी प्रदेश मन्त्रीको रुपमा समेत हेरिएको छ ।

प्रकाशित मिति : २०७४ माघ ७ गते आइतबार
ताजा समाचार