२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

महोत्सवमा एकलाख पुरस्कार राशीको ‘राही मार्ट डान्सीङ्ग स्टार’ आयोजना गरिदै



सदरलाइनडटकम
१ माघ, नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको ‘प्रादेशिक महोत्सव–२०७४’ मा सर्वाधिक पुरस्कार राशी रहेको नृत्य प्रतियोगिता हुने भएको छ ।
विद्यार्थी भित्र लुकेर बसेको प्रतिभा उजागर गर्नका लागि ‘राही मार्ट डान्सीङ्ग स्टार’ आयोजना गर्न लागिएको महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्रबिक्रम शाहले जानकारी दिए ।
१ लाख पुरस्कार राशीको सो प्रतियोगितालाई नेपालगन्जको राही मार्ट टे«र्डसको प्रायोजनमा हुन लागेको र यसमा विद्यार्थीहरुले सामुहिक र एकल रुपमा सहभागिता जनाउन पाउने संयोजक शाहले बताए ।
‘हाम्रो महोत्सवको माध्यमबाट विद्यार्थी भाईबहिनीहरु भित्र रहेको प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गर्दैछौं’–सांस्कृतिक समितिका संयोजक श्यामसुन्दर अधिकारीले भने ।
सो प्रतियोगिताका लागि आवेदन खुल्ला गरिएको छ । वहुउद्देशिय सभा–गृह तथा प्रदर्शनी स्थल निर्माण गर्ने लगायतको उदेश्य राखेर आयोजना गर्न लागिएको महोत्सवको अहिले तयारी तिब्ररुपमा भइरहेको प्रचार प्रसार उपसमितिका संयोजक बसन्त लामिछानेले जानकारी दिए ।
आगमी माघ ११ गतेदेखि २२ गतेसम्म आयोजना गरिन लागिएको सो महोत्सवमा अन्जु पन्त, सुगम पोख्रेल, राजनराज सिवाकोटी, प्रमोद खरेल, पशुपति शर्मा, रामजी खांड, खुमनअधिकारी, ज्योती मगर लगायत राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने सांस्कृतिक उपसमितिले जनाएको छ । अमेरिकी ब्याण्डका पाहुना कलाकार, चचिृत डान्सर कार्टुन क्रियुको बिशेष प्रस्तुती र माग्ने बुढा, ज्योती काफ्ले, कमल गाउले राजा राजेन्द्र, दिनेश काफ्लेको हास्यब्यांग्य रहनेछ ।

प्रकाशित मिति : २०७४ माघ १ गते सोमबार
ताजा समाचार