सदरलाइनडटकम
२ माघ, नेपालगन्ज : बाँकेको खजुरा क्षेत्रका संस्थागत विद्यालय संगठन ईशाका रनिंङ्ग शिल्ड बाँकेको खजुरा क्षेत्रमा हुने भएको छ । खजुरा क्षेत्र संस्थागत विद्यालय संगठन ‘ईशाका’ को आयोजनामा हुन लागेको दोस्रो संस्करण हो ।
खजुरा क्षेत्र संस्थागत विद्यालय संगठनको आयोजनामा आगामी माघ ४ गतेदेखि सीतापुरको शुक्रमावि केगाउको खेल मैदानमा सो प्रतियोगिता संचालन हुने भएको मंगलबार आयोजक संस्थाले नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।
यसअघि गतबर्ष प्रतियोगिताको पहिलो संस्करण सफलतापुर्बक सम्पन्न गरिसकेको जानकारी दिदैं आयोजक संस्थाका अध्यक्ष सतिश निरौलाले यसवर्ष खजुरा क्षेत्रका १६ विद्यालयका करिब ५ सय छात्र छात्राहरुले कपर्दी, भलिबल र एथ्लेटिक्स लगायतका खेलमा प्रतिस्पर्धा गर्ने बताए ।
उनले प्रतियोगिताको तयारी तीब्र रुपले अगाडि बढाईएको बताउदै प्रतियोगिताले आगामी वर्ष नेपालगन्जमा आयोजना हुने आठौं राष्ट्रियलाई पनि सहयोग पुग्ने जीकिर गरे ।
पहिलो संस्करणको उपाधी सितापुरको ध्रुवतारा बिद्या मन्दिरले जितेको थियो । प्रतियोगिताको मावितर्फको उपाधी जित्ने विद्यालयले नगद १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ७ हजार र सान्त्वना हुनेले ३ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरि प्रतियोगिताको आधारभूततर्फको उपाधी जित्ने बिद्यालयले नगद १० हजार, दोस्रो हुनेले ७ हजार, तेस्रो हुनेले ५ हजार र सान्त्वना हुनेले २ हजार प्राप्त गर्नेछ ।