बाँके युनेस्कोद्वारा बर्दियाका बाढीपीडित परिवारलाई ४५ लाखको राहात वितरण

सदरलाइन संवाददाता २३ मंसिर २०७८, बिहीबार १४:१७
 


बर्दिया : गत कात्तिकमा भएको वर्षातको कारण आएको बाढीका कारणले बर्दिया राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका अति प्रभावित ८ सय ६५ पीडित परिवारलाई बाँके युनेस्को क्लबले विभिन्न राहात वितरण गरेको छ ।

स्टार्ट नेटवर्कको सहयोग र प्लान नेपालको सहकार्यमा क्लबले सञ्चालन गरेको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत राजापुर नगरपालिका १ र गेरुवा गाउँपालिकाको २ र ३ नम्बर वडाका ८ सय ६५ अतिप्रभावित परिवारलाई करिब ४५ लाख रुपियाँको राहात वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।

सो अवसरमा राजापुर नगरपालिका वडा नं. १ का ५ सय ७२ प्रभावित परिवार र गेरुवा २ र ३ का २ सय ९३ परिवारलाई विभिन्न राहात वितरण गरिएको हो । क्लबले वितरण गरेको राहातमा हाइजिन किट, डिगनिटि किट, खाद्यान्न, पोषण सहयोग, कृषि विउ वितरण, शौचालय मर्मत सम्भार र खानेपानीका धाराहरुको मर्मत गरिएको संरक्षक सिद्दिकीले बताए ।

सो राहात सहयोग पाएपछि त्यसबाट पीडित परिवारलाई निकै राहात मिलेको प्रभावित वडाका जनप्रतिनिधिले बताएका छन् । गेरुवा वडा नम्बर ३ का वडा अध्यक्ष पुनाराम थारुले क्लबले गरेको राहात वितरणबाट अतिनै पीडित भएका महिला तथा बालबालिकालाई ठुलो सहयोग मिलेको बताए । पोषण युक्त खाद्यान्न, अन्य खाद्यान्न तथा विउ वितरणले पीडितलाई धेरै सहयोग पुगेको उनले बताए ।


यसैगरि राजापुर १ का वडा अध्यक्ष खुशीराम थारुले पनि बेमौसमी बाढीबाट पीडित भएकालाई तत्काल राहात दिने काम क्लबले गरेकोमा त्यसबाट आफ्नो वडाका पीडितलाई धेरै सहज भएको बताए । उनले तत्काल मिलेको यो सहयोगले जन जीवनलाई लयमा फर्काउन ठुलो मद्दत गरेको वडा अध्यक्ष थारुले दाबी गरे ।

राहात पाएपछि धेरै आफुहरुलाई धेरै सहज भएको पीडितहरुले पनि बताएका छन् । गेरुवा ३ संकटी सुकुम्वासी बस्तीका हिरा थारुले क्लबले दिएको सहयोगबाट आफुहरुलाई निकै राहात मिलेको बताए । उनले सो सहयोग नपाएको भए जनजीवन सामान्य बनाउन निकै समस्या पर्ने बताएका थिए ।

यस्तै सोही बस्तीका अर्की पीडित जमुना थारुले क्लबले दिएको खाद्यान्न र पोषणयुक्त खानेकुराले बालबालिकालाई खुवाउन धेरै सहयोग मिलेको बताईन । सो बस्तीमा अधिकांशका घरहरु पुर्ण रुपमा डुबेकोले क्लबले शौचालय र धाराको समेत मर्मत गराएर राम्रो काम गरेको स्थानीय पीडितहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बबई सिंचाइँ आयोजनाले शुक्रवारबाट नहरमा पानी छोड्ने

२३ मंसिर २०७८, बिहीबार १४:१७
नेपालगञ्ज : बर्दियाको बबई सिंचाइँ आयोजनाले शुक्रवारबाट नहरमा पानी छोड्ने भएको छ । बबई सिंचाइँ आयोजना पुर्वा क्षेत्र जल उपभोक्ता समितिको बैदीमा भवन शिलान्यास गरेर शुक्रवारनै जल उपभोक्ता समितिले निर्णय गरेर पानी छोड्ने आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले बताए । बबई सिंचाइँ आयोजनाले पानी नछोड्दा हिउँदे तरकारी बाली सुक्न लागेको […]