बाँकेमा विविध कार्यक्रम गरी धान दिवस मनाईयो (फोटो कथासहित )

१५ असार २०७७, सोमबार १७:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ बाट जोगिन आव्हान गरेको लकडाउको बेलामा किसानले बिउ र मलको अभावमा १७ औ राष्ट्रिय धान दिवश बाँकेमा मनाएका छन । बाँकेमा धान दिवश विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

खजुरा गाउपालिकाले वडानं.३ को धैलागिरिमा धान रोप्ने कार्यक्रमको आयोजना गरी धान दिवस मनाईएको छ । यसैगरी नेपालगञ्जमा कृषि ज्ञान केन्द्र र बेलासपुर करमोहना कृषि स्मार्ट गाउको आयोजनामा धान दिवश मनाईएको छ ।

खजुरामा आयोजित कार्यक्रममा गाउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरा गाउपालिकाले कृषि क्षेत्रलाई प्रथामिकतामा राखेर आफ्नो नीति तथा कार्यक्रम ल्याएको बताए । उनले कोबिड–१९ को महामारीको बीचमा स्वरोजगार सृजना गर्ने कृषि क्षेत्र भएको बताउदै कृषि क्षेत्रलाई प्राथामिकतामा राखेको दाबी गरे ।

सो अवसरमा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसीले कृषि नै खजुराको आधार भएको बताए । उनले ईजरायली मोडलको बस्ती रहेको खजुरालाई जिल्लाको अन्न भण्डारको रुपमा लिन सकिने बताए ।

बाँके खजुुरा–२ केगाउँका अगुवा किसान गेहेन्द्र धितालले लकडाउनको कारण किसानले मल विउको अभावका बीचमा पनि धानको बिउको जोहो गरेर धान रोप्न सुरु गरेको बताए ।

उनले बिउको जोहो गरिए पनि राशायनिक मलको अभाव हुन नदिन स्थानीय सरकारलाई आग्रह गर्दैभने–‘ नीतिमात्र बनाएर हुँदैन समयमा किसानका आवश्यकता पुरा गर्नु स्थानीय सरकारको दायित्व हो । हामीलाई चाहिने मलबिउ र किटनासक समयमै पाउने व्यवस्था मिलाउनु पर्यो ।’


राष्ट्रिय धान दिवसको अवसरमा नौमति बजाका साथ बाँकेको धौलागिरीमा धान रोपाई गरिनुको साथै विभिन्न मनोरञ्जनात्मक गतिविधि आयोजना गरिएको थियो । महिला पुरुषका बीचमा हिलेदौड, डोरीतान्ने लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले अन्नको भण्डारका रुपमा चिनिने बाँकेमा धमाधम रोपाइँ सुरु भएको बताए । उनले समयमै बर्षा भएका कारण यसपटक बाँकेका किसानहरु धान रोपाईमा व्यस्त भएको बताउदै बाँकेमा अहिलेसम्म ४० प्रतिशत रोपाइँ सकिएकोे जानकारी दिए ।

उनले समयमा बर्षत नभएका कारण गतबर्ष असार १५ सम्म किसानहरुले धानको व्याड राख्नमै व्यस्त हुने बाँकेका किसान यो बर्ष समयमै बर्षात भएको तथा सिचाईको बैकल्पिक व्यवस्थाका कारण रोपाइँ छिटो सुरु भएको बताए ।

यसअघि राष्ट्रिय धान दिवसको अवसरमा र्याली समेत निकालिएको थियो । बाँकेमा ३६ हजार ५ सय हेक्टर धान खेती हुने गरेको छ ।

फोटो : रुद्र सुवेदी / सदरलाइनडटकम

Next Post

डुडुवामा स्तरिय उपचार पद्धती तालिम

१५ असार २०७७, सोमबार १७:३७
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँककोे डुडुवा गाउँपालिकामा स्तरिय स्वास्थ्य उपचार पद्धती सम्वन्धी साथी समुह दुई दिने तालिम सोमबार सम्पन्न भएको छ । गाउँपालिका अन्र्तगत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा एउटै रोगमा एउटै औषधी र मात्रामा एकरुपता गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । डुडुवा गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको सो तालिममा […]

सम्बन्धित