पूर्वी रुकुममा तरुल खन्न गएका दुई जना डडेलोमा परि मृत्यु एक गम्भीर

२ माघ २०७४, मंगलवार १४:३९
 

सदरलाइनडटकम
२ माघ, पूर्वी रुकुम : माघे सक्रान्तीको लागि तरुल खन्न जंगल गएका दुई जनाको जंगलमा लागेको डडेलोमा परी ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । घटना गत पुस २९ गतेको हो । रुकुम पूर्वको पुथाउतरगंगा गाउपालिका– ३ को लालपाटन जंगलमा लागेको डडेलोमा परेर वडानं. ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको हो ।
ढडेलो लागेको जंगलमा हावाहुरी चलेपछि गत शनिबार उनीहरु आगोमा परेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले जानकारी दिए । बोहरा र मल्लको घटना स्थल मै मृत्यु भएको थियो भने अर्का स्थानीय शेरबहादुर बोहरा गम्भीर घाइते भएका हुन ।
घटनास्थल अत्यन्त विकट भएको घाइते बोहरालाई हेलीकप्टरबाट उद्दार गरी उपचारको लागि नेपालगन्जको भेरी अञ्चल अस्पताल पठाईएकोमा त्यहाँबाट थप उपचारको लागि काठमाण्डौ रिफर गरीएको जानकारी आफुलाई भएको प्रजिअ सापकोटाले जानकारी दिए ।
घटनास्थलको बिकटताको कारण आगलागीमा परेर मृत्यु भएका श्यामबहादुर र केशरमानको शब घर ल्याउने अवस्था नभएपछि उनीहरुको अन्तिम संस्कार समेत घटनास्थल नजिकै गरेर आफन्त फर्केको जानकारी आएको छ ।

Next Post

भूकम्प सुरक्षा दिवसको अवसरमा भवन मापदण्ड पूर्ण कार्यान्वयन गर्न अपील

२ माघ २०७४, मंगलवार १४:३९
सदरलाइनडटकम   २ माघ, नेपालगन्ज : राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा नेपालगन्जमा प्रभातफेरी, सभा तथा अन्तरक्रिया गरिएको छ । विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा दिवस मनाइएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । […]