भूकम्प सुरक्षा दिवसको अवसरमा भवन मापदण्ड पूर्ण कार्यान्वयन गर्न अपील

२ माघ २०७४, मंगलवार १५:०७
 

सदरलाइनडटकम  
२ माघ, नेपालगन्ज : राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा नेपालगन्जमा प्रभातफेरी, सभा तथा अन्तरक्रिया गरिएको छ । विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा दिवस मनाइएको हो ।
विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ भुकम्प सुरक्षा दिवस जिल्ला समारोह समति बाँकेको आयोजनामा मंगलबार विहान नेपालगन्जमा भुकम्प स्मृति तथा भुकम्पीय पुर्व तयारी सचेतना प्रभातफेरी तथा सभा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेबाट शुरु प्रभातफेरी त्रिभुवन चौक–विपीचौक हुँदै नेपालगन्ज उप–महानगर कार्यालय परिसरमा पुगेर सभामा परिणत भएको थियो । नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाले नयाँ घर÷भवन निर्माणमा लागु भवन मापदण्ड पूर्ण कार्यान्वयन गर्न अपील गर्दै भुकम्पीय जोखिम कम गर्न सचेतनासँगै सहकार्यको आह्वान गरे ।
भुकम्पीय जोखीमप्रति उप–महानगरपालिका प्रतिवद्ध रहेको जनाउँदै प्रमुख राणाले यसै वर्षदेखि खुलापार्क निर्माणको पनि तयारी हुने उदघोष गरे ।
शहरी भवन डिभीजन कार्यालयका प्रमुख सुनिलकुमार ठाकुरले बढ्दो शहरीकरणमा भुकम्पीय जोखिम पनि बढी रहेकाले सबै पक्ष जिम्मेवार बन्नु पर्ने आवश्यक्तामा जोड दिएका छन् ।
समारोहका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले भुकम्प प्रतिरोधी घर निर्माण लगायतका पुर्व तयारीमा कुञ्जुस्याई नगर्न आह्वान गरे ।
सभा स्थलमा बागेश्वरी सशस्त्र प्रहरी गणले भुकम्पीय सुरक्षाका साधान प्रदर्शनी गर्दै त्यसको प्रयोग बारे जानकारी गराएको थियो । यस्तै मंगलबार दिउसो कर्मचारी मिलन केन्द्रमा भुकम्पिय सुरक्षाका बिषयमा सरोकारवालाहरुससँग अन्तरक्रिया कार्यक्रम पनि गरिएको प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए ।


 

Next Post

उप–महानगरमा बालमैत्री शासनका लागि जनप्रतिनिधिलाई थप जिम्मेवार बनाइदै

२ माघ २०७४, मंगलवार १५:०७
सदरलाइनडटकम २ माघ, नेपालगन्ज : नेपालगन्ज उप–महानगर भित्र बालमैत्री स्थानीय शासन लागू गराउनका लागि जनप्रतिनिधिलाई थप जिम्मेवार बनाउन सुरु गरिएको छ । उप–महानगरका वडा अध्यक्ष तथा सदस्यहरुलाई एक दिने अभिमुखीकरण मार्फत नेपालगन्ज उप–महानगरपालिकाले बालबालिकाको समग्र विकासमा केन्द्रित गराउने प्रयत्न गरेको हो । युनिसेफ नेपालको सहयोगमा एकिकृत सामाजिक विकास केन्द्र नेपालको […]