प्रहरी भ्यान दुर्घटना हुँदा एकको मृत्यु २५ घाइते

९ जेष्ठ २०७४, मंगलवार १४:१४
 

सदरलाइनडटकम  
९ जेठ, सुर्खेत : स्थानीय तहको निर्वाचन सकेर कालिकोटबाट सुर्खेत आउँदै गरेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको गाडी –भ्यान) दुर्घटना हुँदा एक जनाको मत्यु हुनुको साथै २५ जना घाइते भएका छन् ।
वीरेन्द्रनगर–१४ साउनेपानीमा ना १ ग ४७६ नम्बरका वान टन (मिनी ट्रक ) मंगलबार विहान दुर्घटना हुँदा रुकुम घर भएका प्रहरी जवान तारा चन्दको मृत्यु भएको हो ।
जीप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको अस्थाई ट्राफिक प्रहरी पोष्ट छेडाले जनाएको छ । अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको वीरेन्द्रनगरको देउती हस्पिटल र क्षेत्रीय अस्पताल कालागाउँमा प्राथामिक उपचार गरी थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरिएको छ ।
यसैबीच कालिकोटमा स्थानीय तहको चुनाव सकेर सुर्खेत आउँदै गरेको क्षेत्रीय प्रहरी कार्यालयको गाडी दुर्घटनामा परेका घाइतेहरुलाई थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याई पु¥याएको बाँकेका प्रहरी उपरीक्ष टेकप्रसाद राईले जानकारी दिए । उनले दिएको जानकारी अनुसार सुर्खेतबाट घाइतेलाई हेलिकप्टरबाट ल्याएको थियो । घाइते मध्य ७ को अवस्था गम्भीर रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुनावी गतिविधिका कारण एमालेका उम्मेदवारलाई भ्याइनभ्याइ

९ जेष्ठ २०७४, मंगलवार १४:१४
सदरलाइनडटकम १० जेठ, नेपालगन्ज : नेकपा एमालेका उम्मेदवारहरुले आ–आफ्ना ठाउँमा चुनावी गतिविधिलाई तीब्रता दिएका छन् । मंगलबार जिल्लाका सबै तहका उम्मेदवारहरुले आ–आफ्ना ठाउँमा घरदैलो, भेटघाट, मोटरसाइकल ¥याली, कोणसभाजस्ता चुनावी गतिविधिहरु गरेका छन् । कोहलपुर नगरपालिकामा टोल सभा र ¥यालीहरु निकालिएको छ । वडा नं. १२ चप्परगौडीमा टोल सभा र वडा […]