अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाईंदै

२७ कार्तिक २०७५, मंगलवार १५:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मिथिलाञ्चललगायत देशैभर छठ पर्वको मुख्य दिन मंगलवार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर धुमधामका सँग मनाईंदैछ । चार दिनसम्म मनाइने यो पर्व आस्था, निष्ठा एवम समाजिक सद्भावको रुपमा परिचित छ ।
घरघरमा शुद्ध एवम् चोखो भएर सख्खर (मिठा)ले तयार पारिएको ठेकुवा, भुसुवा, उखु, केरा, नरिवललगायतका पूजासामग्रीसहित नजिकै रहेको जलाशयमा गई साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने छ भने बुधवार चौथो दिन विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको समापन हुन्छ ।



छठपर्व मनाउनका लागि स्थानीय इनार, पोखरी, नदी, ताल तलैया जलाशयको घाटलाई आकर्षक एवम् झकिझकाउ बनाएका छन् । मिथिलाञ्चलको घर, पसल र सार्वजनिक थलोमा छठको लोकगीत गुञ्जिरहेको छ । दिपावलीको दिनदेखि छठ गीत बजाउने क्रम पनि बढेको छ । तिहार र छठमा प्रयोग हुने सामग्रीमा समानताका कारण दुवै पर्वको तयारी लगभग सँगसँगै शुरु हुन्छ ।
त्यस्तै छठ पर्वका लागि नेपालगञ्जको बागेश्वरी मन्दिरस्थित पोखरी सिंगारिएको छ । पोखरीको किनारमा पुजा गर्ने स्थलहरु निर्माण गरिएको छ । छठमा हरेक बर्ष उक्त स्थलमा मठहरु निर्माण गरेर पूजा गरिँदै आइएको छ ।
केही वर्षअघिसम्म तराई मधेशमा मधेशी समुदायले मात्र मनाउने छठ पर्वप्रति पछिल्ला वर्षहरुमा अन्य समुदायको पनि आकर्षण बढेको छ । केही वर्ष यता धेरै पहाडी समुदायले समेत छठ पर्व मनाउन थालेकाले यसले आपसी सदभाव बढाएको धेरैको बुझाई छ ।

Next Post

क्यालिफोर्नियाको जंगलमा फैलिएको आगोबाट ४४ जनाको मृत्यु

२७ कार्तिक २०७५, मंगलवार १५:३१
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा फैलिएको आगो अलिहेसम्मकै घातक बनेको छ । आगोमा परी ज्यान गुमाएका थप १३ जनाको शवको अवशेष उत्तरी क्यालीफोर्नियामा भेटेपछि यो डढेलो राज्यको इतिहासकै सबैभन्दा घातक बनेको हो । आगोमा परि हालसम्म ज्यान गुमाउनेको संख्या ४४ पुगेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । यसअघि सन् […]