सदरलाइनडटकम,
काठमाण्डौ : लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले धूपको डब्बामा फल्स बर्टन बनाएर चरेस तस्करी गर्ने एकजनालाई पक्राउ गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै ब्यूरोले डान्सबारमा काम गर्ने २९ वर्षीया कान्छीमाया घलेलाई सुन्धाराबाट पक्राउ गरेको जानकारी दिएको छ ।
वैदेशिक हुलाक भन्सार कार्यालयबाट हङकङ पार्सल गरेर चरेस पठाउँदै गर्दा कान्छीमायालाई पक्राउ गरिएको ब्यूरोका प्रमुख (डीआईजी) दिनेश अमात्यले जानकारी दिए । कान्छीमायाको साथबाट १४८ प्याकेट धुपको बट्टा बरामद गरिएको र त्यसभित्र ११ केजी चरेस भेटिएको उनले बताए । प्रहरीका अनुसार कान्छीमाया पूर्वेली मिनी डान्सबारमा नाच्ने काम गर्छिन् ।
