अन्नपूर्ण पोष्टले ल्यायो नयाँ ग्राहक योजना

३० पुष २०७४, आईतवार १६:२४
 

सदरलाइनडटकम
३० पुस, नेपालगन्ज : अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकले वार्षिक ग्राहक योजना सुरु गरेको छ । राजधानीलगायत देशभर रहेका अन्नपूर्ण पोस्टका सबै क्षेत्रीय कार्यालयहरुमाफर्त आइतबार एकैसाथ ग्राहक योजनाको सुरुवात भएको योजना मध्य तथा सूदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगन्जले पनि वार्षिक योजनाको सुरुवात गरेको हो ।
बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मो. इश्तियाक राई तथा प्रदेश सभा सदस्य सुरेन्द्र हमालले वार्षिक ग्राहकको रसिद लिँदै आफ्नो रक्तचाप समेत जाँच गराएर बार्षिक ग्राहक योजनाको सुरुवात गरेका थिए ।
सांंसद राईले पत्रिकाले पाठकहरुलाई ज्ञान, सूचना र मनोरञ्जनसँगै सम्पूर्ण जनताको स्वास्थ्यलाई समेत ख्याल राख्दै ग्राहक योजना सुरुवात गरेकोमा प्रशंसा गरेका थिए । ‘ज्ञान, सूचना अनि मनोरञ्जन त पत्रिकाले पस्किँदै आएको छ, अब सम्पूर्ण जनतालाई सचेत गराउने उद्देश्यले अन्नपूर्णले रक्त चाप चाँच्ने मेसिनसमेत दिन थालेको छ’ उनले भने ‘यो एउटा मेसीनमात्रै नभइ, जनतालाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउने एउटा अभियान पनि हो ।’
प्रदेशसभा सदस्य हमालले जनतालाई स्वास्थ्यप्रति सचेत गराउने अभियानलाई सबैले साथ दिनुपर्ने बताए । ‘आम मानिसको आवाज बनिरहेको अन्नपूर्ण पोस्ट मानिसको सबैभन्दा ठूलो धन, उसको स्वास्थ्यप्रति पनि सचेत छ’ उनले भने ‘निश्पक्ष र जनमुखी समाचारहरुको सम्प्रेषणसँगै यो स्वास्थ्य सचेतना अभियानलाई पनि हामी सबैले साथ दिनुपर्छ ।’
अन्नपूर्ण पोस्टका क्षेत्रीय इन्चार्ज प्रेम केसीले अन्नपूर्ण पोस्टको वार्षिक योजना अन्र्तगत आइतबारदेखि नै मध्य तथा सूदूरका सबैजसो जिल्लाहरुमा अन्नपूर्णका प्रतिनिधिहरु खटाइएको जानकारी दिए । उनका अनुसार वार्षिक ग्राहक योजनाको प्रचारप्रसारको लागि अन्नपूर्णकर्मीहरुको समूहले नेपालगन्ज बजारमा रोड शो समेत गरेको छ ।
यो योजनामा सहभागी हुने पाठकले तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्नासाथ हातहातै इलेक्ट्रोनिक्स ब्लडप्रेसर (बीपी) मेसिन उपहार पाउनेछन् ।
‘ज्ञानको धनी साथमा टन्न मनी’ नाराका साथ अन्नपूर्ण पोस्ट्ले सुरु गरेको नयाँ ग्राहक योजनामा वार्षिक ग्राहकले हातहातै बीपी मेसिनका अलावा हरेक दिन एक जना वार्षिक ग्राहकले लक्की ड्रमार्फत नगद एक लाखसमेत उपहार पाउनेछन् ।

Next Post

ईटालियन पेस्तोल र चार राउण्ड म्यागेजिनसहित शेष प्रहरी फन्दामा

३० पुष २०७४, आईतवार १६:२४
सदरलाइनडटकम  ३० पुस, नेपालगन्ज  : प्रहरीले ईटालियन पेस्तोल र चार राउण्ड म्यागेजिन सहित स्थानीय माओवादी नेतालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । नेपाल प्रहरीको ५ नम्बर प्रदेशको विषेश व्यूरोबाट खटिएको टोलीले बाँके खजुरा गाउपालिका– ५ उढरापुरबाट ३८ वर्षिय गरिवे शेषलाई एकथान ईटालियन ६.५ को पेस्तोल र त्यसमा लाग्ने ४ […]

ताजा अपडेट