सवारी दुर्घटनामा बाँकेमा एकको मृत्यु, एक घाईते

९ जेष्ठ २०७६, बिहीबार १८:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोहलपुरको साझा चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ एक जना घाईते भएका छन् । मोटरसाईकल र ट्रयाक्टर आपसमा ठोक्किँदा मोटरसाईकल चालक कोहलपुर ८ का ६० बर्षीय खड्कबहादुर घर्ती मगरको मृत्यु भएको हो ।
मोटरसाईकलमा पछाडी बसेकी ५५ बर्षीया श्यामकला घर्ती भने गम्भीर घाईते भएकी हुन् । घाईते श्यामकलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार सम्भव नभएपछि चिकित्सकहरुले लखनउ रेफर गरेका छन् । उनलाई उपचारका लागि लखनउ लगिएको छ ।
नेपालगञ्जबाट कोहलपुर जाँदै गरेको भे १ त ६४६९ नं. को ट्रयाक्टर र नेपालगञ्ज आउँदै गरेको भे ४ प ७३२९ नं. को मोटरसाईकल बिहीवार मध्यान्ह ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

Next Post

दाङमा युवकको शव र युवती बेहोस भेटिइन्

९ जेष्ठ २०७६, बिहीबार १८:४९
सदरलाइनडटकम, नेपालगञ्ज : दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को एक सामुदायिक वनमा एक जना मृत र एक जना छटपटाई रहेको अबस्थामा फेला परेका छन् । वडा नम्बर १६ को राटामाटा सितल सामुदायिक वन क्षेत्रमा बिहीवार दिउँसो एक युवक मृत भेटिएका हुन भने उनि सँगै एक युवती छटपटाईरहेको अवस्थामा फेला […]