ईटालियन पेस्तोल र चार राउण्ड म्यागेजिनसहित शेष प्रहरी फन्दामा

३० पुष २०७४, आईतवार १९:५१
 

सदरलाइनडटकम 
३० पुस, नेपालगन्ज  : प्रहरीले ईटालियन पेस्तोल र चार राउण्ड म्यागेजिन सहित स्थानीय माओवादी नेतालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
नेपाल प्रहरीको ५ नम्बर प्रदेशको विषेश व्यूरोबाट खटिएको टोलीले बाँके खजुरा गाउपालिका– ५ उढरापुरबाट ३८ वर्षिय गरिवे शेषलाई एकथान ईटालियन ६.५ को पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोली म्यागेजिन सहित पक्राउ गरेको हो ।
पक्राउ परेका शेष जिल्ला प्रहरी कार्यालय बाँकेको हिराशत कक्षमा रहेका छन् । उनको साथमा रहेको भे ५ प ४२०४ नं. को डिस्कभर मोटरसाईकल समेत प्रहरी नियन्त्रणमा छ ।
प्राप्त सूचना अनुसार शेषले हतियारको डिलगरी ५० हजार भारतीय रुपैयाँमा विक्रि गरेकोे अवस्थामा सो रुपैयाँसहित पक्राउ परेका हुन् । तर, प्रहरीले भने शेषको साथबाट कुनै पनि रुपैयाँ बरामद नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेकोको मुद्दा फाँटका ईन्चार्ज रणबहादुर विष्टले प्रहरीले शेषको साथबाट हतियार र त्यसको गोलीमात्र बरामद भएको दावी गरे ।
उनले भने–‘ स्पेशल व्युरोको टोलीले शेषलाई पक्राउ गरेर जिल्लामा बुझाएको हो । उनले बरामद भएको हतियार बेच्नको लागि डिल गरिरहेकै बेलामा प्रहरी फन्दामा परे हतियार किन्न आएको व्यक्ति फरार भएकोले उनको साथबाट प्रहरीले कुनै रकम बरामद गरेन ।’ अबैध हतियारसहित पक्राउ परेका शेष माओवादी केन्द्रका स्थानीय नेतासमेत हुन् । उनी स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिका वडा नं ५साविक उढरापुर गाविसको वडाध्यक्षका उमेदवारसमेत बनेका थिए ।

Next Post

महोत्सवमा एकलाख पुरस्कार राशीको ‘राही मार्ट डान्सीङ्ग स्टार’ आयोजना गरिदै

३० पुष २०७४, आईतवार १९:५१
सदरलाइनडटकम १ माघ, नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको ‘प्रादेशिक महोत्सव–२०७४’ मा सर्वाधिक पुरस्कार राशी रहेको नृत्य प्रतियोगिता हुने भएको छ । विद्यार्थी भित्र लुकेर बसेको प्रतिभा उजागर गर्नका लागि ‘राही मार्ट डान्सीङ्ग स्टार’ आयोजना गर्न लागिएको महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्रबिक्रम शाहले जानकारी दिए । १ […]