बाँकेका अधिकांश विद्यालय सोमवारदेखि खुले

सदरलाइन संवाददाता २८ भाद्र २०७८, सोमबार १४:१८
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विद्यालयहरु सोमवारदेखि सञ्चालनमा आएका छन् । आठ वटा पालिका रहेको जिल्लाका शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितीमै कक्षाहरु सञ्चालनमा आएका हुन् ।

आइतवारदेखिनै विद्यालय खोल्ने तयारी भएपनि थारु समुदायको अटवारी पर्वका कारण सार्वजनिक विदा भएकाले सोमवारदेखि खुलेका हुन् । यसअघि जानकी, बैजनाथ र नरैनापुर गाउँपालिकाका विद्यालय सञ्चालनमा आइसकेका छन् ।


राप्तीसोनारीका विद्यालयभने मंगलवारदेखि खुल्ने छन् । उता दाङमा पनि सोमवारदेखि विद्यालय सञ्चालनमा आएका छन् । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखदेखि बन्द भएका विद्यालय सोमवारदेखि सञ्चालनमा आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकी गाउँपालिका वडा नं. ६ बालविवाह मुक्त घोषणा

२८ भाद्र २०७८, सोमबार १४:१८
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिका वडा नं. ६ लाई सोमवार बालविवाह मुक्त वडा घोषणा गरिएको छ । योसँगै जानकी गाउँपालिकाका अब ६ वटै वडा बालविवाहमुक्त घोषणा भएका छन् । बालविवाहमुक्त वडा घोषणा सभामा बोल्दै गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बाँकेमै पहिलो पटक जानकी गाउँपालिकाको सबै वडा बालविवाह मुक्त घोषणा […]