ब्राउन सुगरसहित दुई जना पक्राउ

सदरलाइन संवाददाता ४ माघ २०७९, बुधबार १७:४५
 

नेपालगञ्ज : दाङ प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्ला कोलहरपुर नगरपालिका वडा नं. २ का ३६ वर्षीय उमंग बहादुर शाही र भारत उत्तर प्रदेश बहराइच चकियारोड रुपईडिहा बस्ने ५२ वर्षीय समसुल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुलाई घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रामा संग्दिध अवस्थमा हिँडिरहेको बेला पक्राउ गरिएको प्रहरीले बतएको छ । लागूऔषध कारोबार भईरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई तुलसीपुरबाट घोराही तर्फ पैदल हिँडेर जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।


उनीहरुको साथबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने ३७ ग्राम २९ मिलिग्राम धुलो पर्दाथ फेला पारेको जिल्ल प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

योग शिक्षा विद्यालयदेखि विश्वविद्यालयसम्म

४ माघ २०७९, बुधबार १७:४५
दाङ : योग विषय अध्ययनका लागि विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रममा समावेश गर्न थालिएको छ । पछिल्लो समयमा योगप्रति आकर्षण बढ्न थालेपछि विश्वविद्यालयले पाठ्यक्रममा समावेश गर्न लागिएको हो । दर्शनका पाँचवटा शास्त्र अध्यापन गराउँदै आएको नेपाल संस्कृत विश्वविद्यालयले आचार्य (स्नातकोत्तर) तहमा योगलाई समेत पाठ्यक्रममा समावेश गरेको हो । नेपाल संस्कृत विश्वविद्यालयका […]

सम्बन्धित